चलचित्र ‘मेरो देश’ फागुन ६ गते देखी प्रर्दशन हुने


सेलिब्रेटी नेपाल काठमाडौँ
चलचित्र ‘मेरो देश’ फाल्गुन ६ गते रिलिज हुने भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी चलचित्र प्रर्दशन बारे औपचारिक जानकारी दिईएको हो ।
साना देखी ठुला सम्म, स्वदेश देखी परदेश सम्म हरेक नेपालीले हेर्नै पर्ने चलचित्र ‘मेरो देश’ भन्ने नाराका साथ प्रजातन्त्र दिवसको अवसर पारी चलचित्र ‘मेरो देश’ प्रर्दशन गर्न लागेको हो ।

IMG_0236
भक्तपुर, काभ्रे पलाञ्चोक, सिन्धुली, महोत्तरी, सर्लाही, रौतहट र बाराका दृष्यहरू कैद गरिएको यस चलचित्रलाई निर्देशक देव नेपालले निर्देशन गरेका छन् ।
चलचित्रमा निर्माता उदय सापकोटा सुरेनले लेखेको चार वटा गीत समाबेश छन् । गीतमा बीबी अनुरागीको संगीत रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियले चलचित्रले दर्शकको मन जित्न सफल हुने विश्वास ब्यक्त गरे ।

यस्तै चलचित्रको विषयमा बोल्दै निर्देशक देव नेपालले भ्रष्ट र अपारदर्शि राजनितिका कारण देश र जनताले भोगी रहेका समस्याहरुलाई न्युनीकरण गरी देशलाई समुन्नतको दिशा तर्फ लैजान आजका शिक्षीत युवाहरूको प्रयास र आधुनिक प्रविधिको प्रयोगलाई चलचित्रमा समाबेश गरीएकोे बताए । स्वच्छ मनोरञ्जन प्रदान गर्दै राजनीतितन्त्र र कर्मचारी तन्त्रलाइ पारदर्शि बनाई समृद्ध नेपाल बनाउने अभियानमा आफु नेपाली हुनुमा गर्व गर्ने हरेक नेपालीलाई सहभागी हुन प्रेरित गराउने यस चलचित्रको मुख्य उदेश्य रहेको निर्देशक नेपालले बताए ।

यस्तै, नायिका निशा अधिकारीले देशमा भईरहेको राजनीतिक अस्थिरतालाई हटाउन चलचित्रले केही मात्रामा भएपनि सहयोगी भुमिका खेल्ने बताए ।

यस्तै पत्रकार सम्मेलनमा नायक आयुष रीजालले चलचित्रमा आफ्नो भुमिका बारे जानकारी दिदै आफुलाई माया गर्ने दर्शकस्रोतालाई हलसम्म आएर चलचित्र हेरीदिन आग्रह गरे ।
IMG_0237

चलचित्रमा रामजी लामिछाने र एलीजा प्रधानको कोरीयोग्राफी छ । चलचित्रको बितरण काठमाण्डौं उपत्यकामा बालाजी फिल्मस् सुनील मानन्धर र उपत्यका बाहिर एफडी कम्पनीले गर्न लागेको कार्यकारी निर्माता उदय सापकोटा सुरेनले बताए ।

ब्रोसीस ईन्टरटेन्मेन्ट प्रालीको ब्यानरमा निर्माण भएको चलचित्र ‘मेरो देश’ मा नीशा अधिकारी, आयुष रीजाल, प्रज्वल गिरी, नीर शाह, ध्रुव कोईराला, पुष्पा पाण्डे, एकराज थापा, कृष्ण शिवाकोटी, किशोर झा लगायतका कलाकारहरु मुख्य भुमिकामा रहेका छन् ।