नयाँ टिजर सार्बजनिक संगै लाल्टिनको प्रदर्शन मिति सर्यो


lalteen-poster
सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली चलचित्र ‘लाल्टिन’को टिजर तथा नया रिलिज डेट सार्वजानिक गरिएको छ । चैत्र १८ गते प्रदर्शन गर्ने भनिएको चलचित्र अब जेठ १८ गते बाट प्रदर्शनमा आउने भएको छ। कलाकार दयाहांग राइको एक पछि अर्को चलचित्र लगातार आएकोले रिलिज मिति पछी सरेको निर्माण पक्षले जानकारी गराएको छ ।

देव कुमार श्रेष्ठको निर्देशन रहेको चलचित्रमा नायक दयाहाङ राई, नायिका प्रियंका कार्की फेरि एकसाथ देखिँदैछन् । साथै अर्जुनजंग शाही, राज कटुवाल, निराजन प्रधानल,भानु प्रताप लगाएत कलाकारको अभिनय रहेको छ । चलचित्रमा ग्याङस्टारको कथा रहेको टिजरबाट बुझ्न सकिन्छ । ‘लालटिन’मा हरि लामाको छायांकन, रोशन श्रेष्ठको एक्सन, कविराज गहतराजको कोरियोग्राफी तथा भानु प्रताप र किरण माइकलको कथा छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.