गम्भीर मुद्रामा दयाहाङ


सेलिब्रेटी नेपाल काठमाडौँ
कलाकार भानु प्रतापको प्रस्तुति तथा देवकुमार श्रेष्ठ निर्देशित थ्रीलर एवं एक्सन ड्रामा ‘लाल्टिन’को नयाँ पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक पोष्टरमा दयाहाङलाई गम्भिर मुद्रामा देख्न सकिन्छ ।चैत १८ गते रिलिज हुने प्रतिक्षीत चलचित्रको विशेष शो भने एक कार्यक्रममा साथ दार्जलिङमा गरिने निर्माण पक्षले जनाएको छ ।
lalteen-poster
एमसन पिक्चर्सको ब्यानरमा बनेको सिनेमालाई अनिम श्रेष्ठ र राज केसीले निर्माण गरेका हुन् । मनोज राजभण्डारी र दीपक श्रेष्ठ सहायक निर्माताका रुपमा रहेका छन् । पीजी प्रमाणपत्र पाएको २ घन्टा १३ मिनेट अवधिको सिनेमामा दयाहाङ राई, प्रियंका कार्की, अर्जुनजंग शाही, ए गुरुङ, भानुप्रताप, जनक बर्तौंला, रीया श्रेष्ठ, लीला माया, नवीन शाह, सुनिल कट्वाल, मोहनविक्रम श्रेष्ठ, कमल आले र रामकेशर बोगटीले अभिनय गरेका छन् । विनोद ढकाल, डिजराज पौडेल र किरण माइकलको संगीत रहेको चलचित्रमा रोशन श्रेष्ठको एक्सन, हरि घलेको छायांकन, अर्जुन जिसी र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.