धुर्मुस–सुन्तलीको गिरानचौर बस्ती राष्ट्रपतिको हातबाट


सेलिब्रेटी नेपाल काठमाडौँ
giranchaur-bastiभुइँचालो गएको डेढ वर्ष बितिसक्दा पनि सरकारका तर्फबाट अझै पुनःनिर्माणका कुनै पनि काम सम्पन्न भएका छैनन्। हास्यकलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ ले भने यसबीचमा दुईवटा बस्ती निर्माण सम्पन्न गरिसकेका छन्।

गत वर्ष सिन्धुपाल्चोकको पहरी बस्तीमा बीसवटा घर बनाएका धुर्मुस–सुन्तलीले यसपाली सिन्धुपाल्चोककै गिरानचौर बस्तीमा ६५ वटा घर तयार पारिसकेका छन्। उक्त बस्तीको साँचो आउँदो शुक्रबार राष्ट्रपति विद्या भण्डारीको हातबाट हस्तान्तरण हुने धुर्मुसले जानकारी गराए। सामाजिक सन्जालमा धुर्मुस–सुन्तलीलाई कुनै राजनीतिक दलका नेताको हातबाट बस्ती हस्तान्तरण नगराउन कयौं सुझाव आएका थिए।

Copyright © 2012 - 2026 | All Right Reserved.