प्रेमगीत २ बन्ने प्रेमको जोडी खोजि हुँदै


prem-geet-2
गत वर्षको सफल चलचित्र ‘प्रेमगीत’को सिक्वेल निर्माण हुने भएको छ। निर्माता सन्तोष सेनले आफ्नो जन्मदिनको अवसर पारेर राजधानीमा आयोजित एक कार्यक्रमका विच चलचित्र निर्माणको घोषणा गरेका हुन्। हुन त उनले यस अघि नै ‘प्रेम गीत’को थाइल्याण्डमा आयोजित विशेष शो कार्यक्रममा यो चलचित्रको सिक्वेल निर्माण गर्ने घोषणा गरेका थिय। सोहि कार्यक्रममा निर्माण हुन लागेको चलचित्र ‘प्रेमगीत २’को निर्देशन रामशरण पाठकले गर्ने जानकारी गराईयो। चलचित्रमा संगीतकार अर्जुन पोखरेल दोहरिने छन्।

त्यस्तै यो सिक्वेलमा नायक प्रदिप खड्का दोहरिने भएका छन् भने नायिका पूजा शर्मा यो सिक्वेलमा अटाइनन। निर्माता सन्तोषले नयाँ नायिकाको खोजी भईरहेको बताए। उनले भने -‘ नायिकाको लागि म्यूजिक भिडियो पनि नखेलेकी नयाँ अनुहार हामीले खोजिरहेका छौ, केही दिनमा नै फाइनल गर्नेछौ। चलचित्रको छायांकन कार्तिक महिनाबाट थाइल्याण्ड, म्यानमार र नेपालमा गरिने बताईएको छ। बर्मा र नेपालको कथालाई ‘प्रेमगीत २’मा देखाउने सन्तोषले बताएका छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.