यो महिना पलेंटीमा मोक्तान दम्पति


सेलेब्रिटी नेपाल पौष १२- हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार कालिकास्थानको आरशालामा आयोजना हुँदै आएको नेपालयको सांगीतिक कार्यक्रम पलेंटीमा यसपालि संगीतकार शिलाबहादुर मोक्तान र गायिका कुन्ती मोक्तान दम्पतिका सिर्जना गुन्जने भएको छ । लामो समयदेखि संगीतकर्ममा सक्रिय शिला र कुन्ती आफनो जीवनकै पहिलो युगल साँझलाई प्रभावशाली बनाउन आरशालाभित्र पलेंटीका वाद्यवादकसहित झुल्कने नेपालयले जनाएको छ । नेपाली आधुनिक संगीतको तेस्रो पुस्ताको यो चर्चित जोडी, सन् ७० को दशकदेखि संगीतमा क्रियाशील छ ।

 

दार्जिलिङमा प्रताप सिंह लोहार र जेसि राईसित संगीत सिक्दै गर्दा मित्रता गाँसिएको यो जोडीले नेपाल प्रवेश गर्दै आफ्नो दाम्पत्य जीवनसँगै सांगीतिक कर्मलाई एकसाथ अगाडि बढाएको थियो। यो दम्पतिले नेपाली आधुनिक संगीतमा अनेकौं लोकप्रिय गीतहरु दिँदै आएको छ। शिलाबहादुर र कुन्ती दम्पतिको तिम्रो मायाले मलाई डोर्‍याई ल्यायो, माथि–माथि सैलुंगेमा चौंरी डुल्याउनेलाई, चोली राम्रो पाल्पाली ढाकाको, गोठालो जाँदाजस्ता दर्जनौं गीतले देशदेखि विदेशसम्म उत्तिकै लोकप्रियता कमाएका छन्। आफ्ना गीतलाई गहिरिएर अभ्यास गरिरहेकी कुन्ती पलेंटीमा आफ्ना आजसम्मका अन्त्यन्तै लोकप्रिय गीत सुनाउने धुनमा छिन्। यो दम्पतिका दुई छोरीहरु शीतल र शिवानीले पनि पप तथा आधुनिक गीत गायनको क्षेत्रमा नाम कमाइरहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.