एक टेकमा दुई चलचित्र बनाउदै रेकर्ड राख्ने धुनमा अराज केशब


jalo-araj
बिर्खेलाइ चिन्छ्स मार्फत डेब्यु गरेका निर्देशक अराज केशवले एकसाथ दुई चलचित्र ‘जालो र जालो रिटर्न्स’ बनाउने बनाउने भएका छन्। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उनले सो कुराको जानकारी दिएका हुन्। उनले यी दुई चलचित्रबाट गिनिज बुकमा नाम लेख्ने तयारी गरिरहेका छन् ।

चलचित्र केवल एक टेकको मात्र हुनेछ अर्थात क्यामेरा अन गरेर रेकर्ड शुरु भएपछि एकै चोटी कट हुनेछ र छायांकन सकिनेछ। अराजकै लेखन रहेको यो चलचित्रमा प्रेम कमेडीलाई प्राथामिकता दीइनेछ । चलचित्र छायाँकनमा निकै जोखिम भएपनि आफूहरु यसकालागि तयार भएको निर्माता मोहित मुनालले बताए। चलचित्रको छायांकन असोजमा बाट छायांकनमा जाने यो चलचित्र हरी लामाले खिच्नेछन् । चलचित्रमा अनुपविक्रम शाही, आशिफ शाह, भानु प्रताप, मेनुका प्रधान, बर्षा सिवाकोटी, प्रकाश श्रेष्ठ, मुक्ताराम आचार्य, भिष्म जोशीको मुख्य भूमिका रहनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.