सेलेब्रिटी नेपाल पौष ९-द्वन्द निर्देशक बाट निर्देशनमा हात हालेका एन.बी. महर्जनले दोस्रो चलचित्र निर्देशन थालेका छन् । बजार चलचित्र बाट सुरु गरेको निर्देशन यात्रा लाई निरन्तरता दिंदै अर्को चलचित्र तोरी लाहुरेको शुभारम्भ सोमबार बिहान एक समारोहका बीच गरेका छन् । रिदम एण्ड दीलिप फिल्मस प्रालिको ब्यानरमा सूर्य थोकर र दिल कुमार तामाङले निर्माण सुरु गरेको यो चलचित्रका प्रमुख तोरी लाहुरेहरु सुवास थापा, गजित विष्ट र रोहित कुमार हुन् । निर्देशक महर्जनका अनुसार महिला कलाकारहरुलाई पनि यो चलचित्रले तोरी लाहुरेको ट्याग दिनेछ । चलचित्रका महिला कलाकारहरूमा आशिष्मा नकर्मी, समुना केसी र जानुका बोहरा हुन् । दिनेश डि.सी. सुशिल पोखरेल, जयनन्द लामा, बालदीप राई, अशान्त शर्मा र सविन शाक्यको पनि मुख्य भूमिका रहने छ । चलचित्र मा कोरियोग्राफी गम्भीर बिष्ट,द्वन्द शंकर महर्जन,संगीत सन्तोष राज को रहने भयको छ ।
सम्बधित पोस्टहरु
दिनेश डिसी र दीपाश्रीद्धारा छैटौँ रश्मिलाज फेसियल हाउस हात्तिगौडा शाखा उद्धघाटन
काठमाडौँ। रश्मिलाज फेसियल हाउसको १८ औँ वार्षिक उत्सवको अवसरमा बिहीबारबाट छैटौँ आउटलेटको रूपमा काठमाडौँको हात्तिगौँडा, बुढानीलकण्ठमा नयाँ ‘रश्मिलाज फेसियल हाउस’ आरम्भ गरिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेत्री...
चलचित्र ‘एक्लो–१’ जनवरी ८ मा मध्यपूर्वमा प्रदर्शनहुने तय
काठमाडौँ । फरक धार र नयाँ प्रस्तुतीका कारण चर्चामा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘एक्लो–१’ यही जनवरी ८ देखि मध्यपूर्वका विभिन्न मुलुकमा एकसाथ प्रदर्शनमा आउने भएको छ। यूएई, कतार र बहराइन भरका सिनेमा हलहरूमा रिलिज हुन लागेको यस...
टिजर सार्वजनिकसँगै ‘द ब्ल्यू लाइट’ को रिलिज मिति फेरबदल
काठमाडौं । साइकोलोजिकल थ्रिलर कथामा तयार गरिएको चलचित्र ‘द ब्ल्यू लाइट’ ले आफ्नो टिजर सार्वजनिक गर्दै नयाँ रिलिज मिति घोषणा गरेको छ । क्रिसमसको अवसर पारेर बिहीबार मौरी पिक्चर्सको युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरिएको हो ।...
‘परिवर्तन’ को पहिलो गीत सार्वजनिक,सुशील र अञ्जनाको छमछमी
काठमाडौं। आगामी माघ ९ गतेबाट रिलिज हुने फिल्म ‘परिवर्तन’मा समावेश गीत ‘पाकेको चिउरी’को भिडियो रिलिज भएको छ। निर्माण टिमले क्रिसमसको अवसर पारेर गीतको भिडियो रिलिज गरेको हो। ओएसएआर डिजिटल युटुब च्यानलमार्फत रिलिज भएको उक्त गीतको...
चलचित्र ‘प्रतिवैरम’को फर्स्टलुक पोस्टर सार्वजनिक
सम्राट दास र सुप्रज्ञा शर्माको सशक्त उपस्थिति काठमाडौँ । निर्देशक रोशन दासको निर्देशनमा निर्माण भएको चलचित्र ‘प्रतिवैरम’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित यस चलचित्रको...
‘कुमारी’ प्रवर्द्धनका लागि देशव्यापी लाइभ कन्सर्ट हुने
काठमाडौं। माघ २३ गते रिलिज हुने प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को प्रचार–प्रसारलाई लक्षित गर्दै देशका विभिन्न सहरमा बृहत् ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ आयोजना हुने भएको छ। चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिमले...



