गीतकार आङबुहाङ र चाँगेधर्ती आमाकोषले भट्टराईको १२ केजीको ट्यूमर अप्रेशनका लागि गर्यो सहयोग


सेलिब्रेटी नेपाल काठमाडौँ
tyumer-bhattaraiताप्लेजुङ चाँगे निवासी कृष्णप्रसाद भट्टराईको १२ केजीको ट्यूमर अप्रेशनका लागि गीतकार भद्रकला आङबुहाङ राई र चाँगेधर्ती आमाकोष संस्थाले सहयोग गरेको छ । भट्टराईको १० वर्षदेखि आएको गालाको ट्यूमर ६० वर्ष पुग्दा १२ केजीको भएको थियो । त्यही ट्यूमरलाई चाँगेधर्ती आमाकोष र गीतकार भद्रकला आङबुहाङको सहयोगमा अप्रेशन गरेको हो ।

सुष्मा कोइराला मेमोरियल अस्पताल साँगाका डा. जस्वन श्रेष्ठको अगुवाईमा उक्त अप्रेशन भएको हो । अप्रेशनमा स्वदेशी र विदेशी डक्टरहरु मिलेर करिब ७ घन्टा समय लगाएर १२ केजी ट्यूमर फालिएको कार्यक्रममा डा.जस्वनले बताएका थिए ।संगीतकार राजु सिंह, संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष, चाँगेधर्ती आमाकोषका सल्लाहकार खड्गजंग आङबुहाङ, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, संगीतकार सुरेश अधिकारी लगायत सुष्मा कोइराला मेमोरियल अस्पतालका डाक्टरहरुको आतिथ्यतामा भएको उक्त कार्यक्रममा ट्यूमर पीडित कृष्ण प्रसाद भट्टराईको अप्रेशन कसरी गरियो भन्नेबारेमा प्रष्ट पारिएको थियो । भट्टराईको अप्रेशन गर्दाको भिडियो देखाउँदै उनको उपचारमा संलग्न डाक्टरहरुले आफ्नो अनुभव सुनाएका थिए ।
bhadrakala an
त्यस्तै समाजसेवी एवं गीतकार भद्रकला आङबुहाङ राईले हङकङबाट आफ्नो भिडियो मन्तव्यमा चाँगेधर्तीले पीडित कृष्णप्रसादको उपचारमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै उपस्थित अतिथिहरुलाई हार्दिक आभार प्रकट गरेकी थिइन् । सोही कार्यक्रममा समाजसेवी एवं गीतकार भद्रकला आङबुहाङ राईको गीतिसंग्रह अजम्बरीको चारवटा गीतको म्यूजिक भिडियोसमेत प्रदर्शन गरिएको थियो भने म्यूजिक भिडियोमा जोडिएका सहयोगी हातहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.