कसको माया जालमा परिन् सम्पदा (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
लोकदोहोरी तथा आधुनिक गायिका गीता भट्टराईले ‘माया जालमा परे’ बोलको नयाँ गीत सार्बजनिक गरेकी छिन् । तीन बर्ष अघि ‘जोवन ढल्कियो’ नामक एल्बम सार्बजनिक गरेकी गायिका भट्टराई पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चामा छिन् ।उनले तीन बर्ष पछि नयाँ गीत केहि समय अघि मात्रै सार्बजनिक गरे पछि उनको चर्चा चुलिएको हो । उनले गत महिना मात्रै सार्बजनिक गरेको ‘भुल्नै गाह्रो भो’ बोलको आधुनिक गीतको म्युजिक भिडियो पछि अहिले उनले नयाँ लोकदोहोरी गीत सार्बजनिक गरेकी हुन् ।
sampada baniya
हालै सार्बजनिक गीतमा गायिका भट्टराईलाई खुमन अधिकारीले गायनमा साथ दिएका छन् । बाबुराम बोहराको शब्द र खुमन अधिकारीको संगीत रहेको भिडियोलाई शंकर बिसिले निर्देशन गरेका हुन् । सार्बजनिक भिडियोमा मोडल सम्पदा बाँनिया र बाबुराम बोहराले अभिनय गरेका छन् । भिडियोमा यि दुईले अनस्क्रिन रोमान्स समेत गरेका छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.