माता तिथिको अवसरमा ‘आमा’ बोलको मनछुने गीत सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
धन्य म हुन्थेँ आमा तिम्रो ।
पाउ पारिकन रुन पाए ।।
मेरो अन्तरआत्मा तिम्रो ।
स्नेहकिरणले धुन पाए ।।
धन्य म हुन्थेँ आमा…

संसार बरु नचिनु के भो ।
देउता कतिछन् भो नगनु ।।
कै नबुझुँ कै छैन मलाई ।
मुर्ख महामुर्खै म बनु ।। तिम्रो ममता ले मात्रै मन । पुग्छ सधैं चोखिन पाए ।। मेरो अन्तरआत्मा तिम्रो । स्नेहकिरणले धुन पाए ।। धन्य म हुन्थेँ आमा…
mothers
आज माता तिथि अर्थात आमाको मुख हेर्ने दिन, यहि दिनको अवसरमा ‘आमा’ बोलको निकै भावुक अनि मन छुने गीत सार्बजिक भएको छ। रुपक श्रेष्ठको आवाजमा रहेको उक्त गीतलाई संगीत चन्दन श्रेष्ठले दिएका छन भने रचना दूर्गालाल श्रेष्ठको रहेको छ। यस गीतमा आमाको अन्तर आत्मा देखि नै बर्णन गरिएको छ। साचै आमाको माया अतुलनिय छ उनको ममता र स्नेह साचै बर्णन गर्न सकिदैन, यस्तै आमाको मायालाई संगालेर माता तिथिको दिन ‘आमा’ बोलको यस गीत रन्जना म्युजिकले बजारमा ल्याएको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.