माफ गर भन्दै नव गायक राजकुमार (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली संगीत बजार ओरालो लागे पनि संगीतमा नव प्रवेश गर्ने युवा युवतीको भने कमि छैन । यसै क्रममा संगीतमा एकदमै रुची भएका नवगायक राजकुमार देवकोटाको प्रवेश भएको छ । उनको एकल एल्बम ‘अंकुरण’ तयार भएको छ । अंकुरण एल्बममा जम्मा छ ओटा गीत समाबेस गरिएको छ ।
छ वटा गीतको सम्पूर्ण गीतको भिडियो पनि तयार भएको छ । Rajkumar-devkota
हालै सार्बजनिक भएको माफ गर बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । उक्त गीतमा शब्द तथा संगीत दिलिप के.सी.को रहेको छ भने भिडियोमा मोडल सम्पदा बानियाँको साथमा दिलिप र राजकुमारको अभिनय रहेको छ । उक्त भिडियो लाइ छायांकन अजय रेग्मी,सम्पादन सुरेश राउत र निर्देशन शेर बहादुर डी.सी.ले गरेका छन् ।