निर्देशक समाजका महासचिव राजेन्द्र उप्रेतीले राजिनामा दिए


सेलेब्रिटी नेपाल मंसीर ३०- आफ्नो आन्तरिक कारण बताउंदै नेपाल चलचित्र निर्देशक समाजका महासचिव राजेन्द्र उप्रेतीले राजिनामा दिएका छन् । करिव दुइ महिना अगाडी देखि नै राजिनामा दिने मनस्थिति वनायता पनि निर्देशक समाजले आयोजना गरेको घले गाउको वर्कसपलाइ प्रत्यक्ष असर पुग्ने देखेर कार्य समितिको सदस्य गरेको अनुरोधलाइ स्वीकारेर दुइ महिना पछि राजिनामा दिएको उप्रेतीले वतायका छन् ।निर्देशक समाजको प्रवक्ता समेत रहेका उप्रेतीले कार्यसमितीको काम गर्ने शैली चित्त नबुझेर राजिनामा दिएको बताएका छन् । केही समय अगाडी देखि निर्देसक समाजका कार्यसमितिका एकपछि अर्को सदस्यहरुवाट राजिनामा आउन थालेपछि महासचिव उप्रेतीको राजिनामालाइ अर्थपुर्ण रुपमा हेरीएको छ । अझै केही पधाधिकारिले राजिनामा दिन सक्ने सम्म जानकारी प्राप्त हुन आएको छ । समाज ले गरेको वर्कशप अगाडीनै कोषाध्यक्ष राकेश मानन्धरले राजिनामा दिईसकेका थिए । उनको कार्यभार सह-कोषाध्यक्ष राजु केसीले सम्हाल्दै आएका छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.