सेलेब्रिटी नेपाल मंसिर२९- विश्व बौद्धिक सम्पत्ति संगठन (विपो) सँगको साझेदारीमा कपि–राइट्स रजिस्ट्रारको कार्यालय नेपालले आयोजना गरेको दुइ दिने कार्यशाला सम्पन्न भयको छ कलाकार, निर्माता, प्राविधिकसँग सम्झौतापत्र कसरी गरिन्छ, र यससम्बन्धमा अन्तर्राष्ट्रिय प्रचलन के छ भन्ने सम्बन्धमा आयोजित कार्यशाला गोष्ठी बिहीबार सम्पन्न भयो ।वर्कसपमा चलचित्र समीक्षक प्रदीप भट्टराई, गीतकार तथा निर्देशक यादव खरेल रिसर्च पर्सनका रूपमा रहे भने अन्तर्राष्ट्रियतर्फ कन्टेन्ट सेल्स डिस्ट्रिब्युसन क्लिएटिएल इन्टरटेन्मेन्ट हङकङकी उपाध्यक्ष वेन्डी रिड्स, कम्प्लियन्स कन्सल्टिङ लस एन्जलसका अध्यक्ष रोब एफ्ट र कपि–राइटस् इन्फ्रास्ट्रक्चर डिभिजन क्रिएटिभ इन्डस्ट्रिज सेक्सनकी विपोको काउन्सिलर डोना हिल रहेकी थिइन् ।वर्कसपमा कलाकार संघका नवनिर्वाचित अध्यक्ष नवल खड्का, चलचित्र विकास बोर्डका सदस्य, निर्माता संघका अध्यक्ष राजकुमार राई, निर्देशक समाजका अध्यक्ष विमल पौडेल, प्राविधिक संघका पदाधिकारीहरु सहभागी भयका थिए ।
सम्बधित पोस्टहरु
‘सामाजिक सञ्जाल आगो हो, सदुपयोग नगरे झोसिन्छ’: एलिना चौहानको स्पष्ट सन्देश
काठमाडौं । ‘सामाजिक सञ्जालमा जे मन लाग्यो, त्यो लेख्ने छुट कसैलाई छैन’, गायिका एलिना चौहानको यो भनाइ पछिल्लो समय निकै सान्दर्भिक बनिरहेको छ। लगातारको गालीगलौज र अश्लील कमेन्टबाट पीडित बनेकी चौहानले अब चुप बस्ने हो भने यस्तो...
विल्सन विक्रम राईको डेब्यु निर्देशनमा ‘मैझारो’, धीरज मगर मुख्य भूमिकामा
काठमाडौं। तक्मे प्रोडक्सनको ब्यानरमा फिल्म ‘मैझारो’ निर्माण हुने भएको छ। सोमबार निर्माण पक्षले अभिनेताका रुपमा धीरज मगर अनुबन्ध गर्दै फिल्म निर्माणको घोषणा गरेको हो। फिल्मको लेखन तथा निर्देशन बहुप्रतिभाशाली कलाकार विल्सन विक्रम...
‘मोहर’को ‘झुम झुम झुम्किका’मा नाँचे पल र बेनिशा
काठमाडौँ। साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को दोस्रो गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक गरिएको छ ।आज सार्वजनिक गरिएको यो गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, हर्क साउदको शब्द, एसडी योगीको संगीत छ । सार्वजनिक...
‘जहाजैमा’को प्रदर्शन मिति तय, फागुन १ देखि रिलिज हुने
काठमाडौँ । फिल्म ‘जहाजैमा’को प्रदर्शन मिति तय गरिएको छ । छायांकन सुरु हुनु भन्दा २ महिना अगाडि नै यसको निर्माणपक्षले फागुन १ गतेलाई प्रदर्शन मिति तय गरेको हो । फिल्मको निर्माणपक्षले आर.आर फिल्मस्सँग वितरणको सहकार्य गर्दै फागुनको...
‘कल्ली’ नेपाल, भारत र पाकिस्तानमा एकसाथ रिलिज हुने
काठमाडौ। फागुनको १ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘कल्ली’लाई नेपाली र हिन्दी भाषामा रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । फिल्मका निर्माता किरण नेपालीले दिएको जानकारी अनुसार, यो फिल्म नेपाल, भारत र पाकिस्तानमा एकसाथ...
‘जदौ’ मा मुकुन र साम्राज्ञी पछि नीति शाह अनुबन्धित
काठमाडौं । अन्तरजातिय प्रेमकथामा निर्माण हुने तयारीमा रहेको चलचित्र ‘जदौ’ मा नीति शाह अनुबन्धित भएकी छिन् । नीति र ‘जदौ’ निर्माताबीच शनिबार राजधानीमा सम्झौता भएको हो । काजी लिम्बूको लेखन रहेको फिल्मको प्रमुख एक...