सेलेब्रिटी नेपाल मंसिर२९- विश्व बौद्धिक सम्पत्ति संगठन (विपो) सँगको साझेदारीमा कपि–राइट्स रजिस्ट्रारको कार्यालय नेपालले आयोजना गरेको दुइ दिने कार्यशाला सम्पन्न भयको छ कलाकार, निर्माता, प्राविधिकसँग सम्झौतापत्र कसरी गरिन्छ, र यससम्बन्धमा अन्तर्राष्ट्रिय प्रचलन के छ भन्ने सम्बन्धमा आयोजित कार्यशाला गोष्ठी बिहीबार सम्पन्न भयो ।वर्कसपमा चलचित्र समीक्षक प्रदीप भट्टराई, गीतकार तथा निर्देशक यादव खरेल रिसर्च पर्सनका रूपमा रहे भने अन्तर्राष्ट्रियतर्फ कन्टेन्ट सेल्स डिस्ट्रिब्युसन क्लिएटिएल इन्टरटेन्मेन्ट हङकङकी उपाध्यक्ष वेन्डी रिड्स, कम्प्लियन्स कन्सल्टिङ लस एन्जलसका अध्यक्ष रोब एफ्ट र कपि–राइटस् इन्फ्रास्ट्रक्चर डिभिजन क्रिएटिभ इन्डस्ट्रिज सेक्सनकी विपोको काउन्सिलर डोना हिल रहेकी थिइन् ।वर्कसपमा कलाकार संघका नवनिर्वाचित अध्यक्ष नवल खड्का, चलचित्र विकास बोर्डका सदस्य, निर्माता संघका अध्यक्ष राजकुमार राई, निर्देशक समाजका अध्यक्ष विमल पौडेल, प्राविधिक संघका पदाधिकारीहरु सहभागी भयका थिए ।
सम्बधित पोस्टहरु
नीताको निर्देशनमा बनेको ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक
चलचित्रको कथा र पटकथा पनि नीता ढुङ्गानाकै रहेको छ भने स्क्रिनप्ले शिवम् अधिकारीले लेखेका हुन्।
राजु शाहको निर्देशनमा बनेको चलचित्र ‘जाँड’ प्रदर्शनमा
काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा राजु शाहको निर्देशन रहेको चलचित्र ‘जाँड’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत यो चलचित्र आजदेखि सिनेमाघरहरूमा आएको हो । चलचित्रले समाजमा जरा गाडेर बसेका विभिन्न विकृति तथा...
राजु श्रेष्ठको ‘कंगाल करोडपति’मा मुकुन भुषाल अनुबन्धित
काठमाडौँ। प्रविन आचार्यको प्रस्तुतिमा निर्माण हुने ‘कंगाल करोडपति’को प्रमुख भूमिकामा अभिनेता मुकुन भुषाल अनुबन्धित भएका छन्। यस फिल्मको निर्देशन राजु श्रेष्ठले गर्नेछन्। फिल्ममा अनुबन्धित भएपछि अभिनेता भुषालले पटकथा र आफ्नो पात्र...
‘कार्की साइँला’को प्रदर्शन मिति परिवर्तन, असोज २ गतेदेखि प्रदर्शनमा आउने
सार्वजनिक गरिएको नयाँ पोस्टरमा अभिनेता जितु नेपाल र अभिनेत्री प्रियना आचार्यलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ।
‘गौँथली’ मा अरुण सिम्रनको नयाँ जोडी, साउन १ देखि दर्शकमाझ
अरुण र सिम्रनको यो पहिलो अनस्क्रिन सहकार्य भएकाले उनीहरूको केमेस्ट्रीलाई दर्शकले कस्तो प्रतिक्रिया दिनेछन् भन्ने विषय पनि चासोको केन्द्र बनेको छ।
चलचित्र ‘आइ एम जीत बहादुर’ को रोमान्टिक गीत सार्वजनिक
सार्वजनिक गीतको भिडियोमा अभिनेता जीतु नेपाल र प्रियंका कार्की रोमान्टिक अवतारमा प्रस्तुत भएका छन्।


