चकलेट बाँड्दै चकलेटको गीत सार्बजनिक


(सेलिब्रेटि नेपाल) काठमाडौँ
पूजना स्त्रीले आफ्नै लगानीमा निर्माण गरेको चलचित्र चकलेटको ट्रेलर र ३ वटा गीत सार्वजनिक गरिएको छ । काठमाण्डौको कुमारी हलमा आयोजना गरिएको कार्यक्रममा चलचित्रको ट्रेलर र गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा हाँस्यकलाकार दिपकराज गिरी, दीपाश्री निरौला सहकर्मी निर्मल शर्मालाई शुभकामना दिन पुगेका थिए ।
Chokolate-pujana
नायिका तथा प्रस्तुतकर्ता पूजना स्त्रीले आफूलाई १४ बर्षको उमेरमा छवि ओझाले यो क्षेत्रमा भित्राएको भन्दै अहिले निर्मल शर्माले नयाँ तबरले प्रस्तुत गरेको बताइन् । चलचित्रले सडक बालबालिकाको कथालाई प्रस्तुत गरेको छ । चलचित्रमा पुजनासँगै डा.आयुस्मान घिमिरे, नम्रता झा, अनुज शाक्य, सुमन गैरे, केशव भट्टराई, कमल मैनाली, सुनिता ठाकुर, निरुपा गर्तौला, दीपकराज पाठक, केशवराज पौडेल र कुमार श्रेष्ठसँगै ९ बच्चाहरुले पनि अभिनय गरेका छन् । पुजनाकै कथा, पटकथा र संवाद रहेको चलचित्रमा प्रसन्न पौडेल र बब्बु थापाको नृत्य; शिखर सन्तोष, अर्जुन पोखरेल र रायन कार्कीको संगीत; कुमार महर्जनको द्वन्द्व र सुदीप बरालको छायांकन रहेको छ । चलचित्रको प्रदर्शन मिति तोकिएको छैन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.