मखमली निर्माण पक्ष अलपत्र पर्ने


(सेलिब्रेटि नेपाल) काठमाडौँ
सोह्र वर्षकै उमेरमा दलालको ललाइफकाईमा परी भारतको मुम्बईमा नारकीय जीवन भोगेकी र हाल शक्ति समुह नामक सस्थामा संयोजकको रुपमा मानव बेचबिखनविरुद्ध सक्रिय रुपमा काम गर्दै आएकी चरिमाया तामाङको सङघर्षपूर्ण जीवनमाथि आधारित भएर निर्माण गरिने भनिएको चलचित्र ‘मखमली’ मा चरिमायाको जिवन नसमेटिने खुलासा भएको छ ।
Charimaya tamang-makhamali
shakti-samuha
प्रेस विज्ञप्ती जारी गर्दै शक्ति समुहले चरीमाया तामाङको जिवनीमा नेपाली चलचित्र ‘मखमली’ आधारित नभएको स्पष्ट पारेको छ । बन्दै गरेको चलचित्रलाई निर्माण यूनिटले चरिमायाको संघर्षशील जिवनीमा आधारित भनी प्रचार प्रसार गरेको र त्यस भ्रमपूर्ण असत्यका बारेमा सञ्चारकर्मी राजन घिमिरेले साप्ताहिक पत्रिका ‘घटना र विचार’ मा आफ्नो लेख छपाएपछि निर्माण पक्ष र सञ्चारकर्मीबिच ‘हैसियत’ को वकालत सम्म भएको कारणले मखमली’ निर्माणमा आफ्नो संलग्नता र चरिमायाको जिवनी नसमेटिएको यतार्थता शक्ति समुहले बाहिर पुष्टि गरेको हो ।
यस समूहले एसियाको नोबेल पुरस्कारको रुपमा चिनिएको ‘म्यागासेसे अवार्ड’ समेत जितेको छ । प्रेस विज्ञप्ती पछि ‘मखमली’निर्माण पक्ष अलपत्र पर्ने करिब निश्चित भएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.