(सेलिब्रेटि नेपाल) मुम्बई
भारतका चर्चित संगीतकार स्माइल दरबार प्रहरीको हिरासतमा परेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार संगीतकार स्माइलले उनकै सहायक निर्देशक चौधरीलाई कुटेका छन् । संगीतकार स्माइलले आफुलाई जुलाई २०१४ देखि सेप्टेम्बरसम्मको मासिक तलब बापतको ३८ हजार भारतिय रुपैयाँ नतिरेको र कुटपिट गरेको निर्देशक चौधरी बताउछन् ।
आफुलाई काम लगाए बापतको पैसा नदिई उल्टै भौतिक आक्रमण गरेको चौधरीको उजुरीको आधारमा स्माइल र उनका छोरालाई समेत प्रहरीले हिरासतमा लिएको छ । चौधरी स्माइलकै कार्यालयमा सहायक संगीत निर्देशकका रुपमा कार्यरत छन् ।