सेलेब्रिटी नेपाल मंसिर २२ – तेस्रो काठमाडौं अन्तर्राष्ट्रिय नाटक महोत्सव बिहीबार समापन भएको छ ।छिमेकी मुलुक भारतको भोपालमा ३० वर्षअघि भएको औद्योगिक विस्फोटको कथा बोकेको नाटक ‘भोपाल’ को मञ्चनसँगै औपचारिक रुपमा समापन भयको हो । आरोहण गुरुकुलको आयोजना र मण्डला थिएटरको सह-आयोजना रहेको महोत्सवको समापन नाटक अमेरिकी रंगकर्मी जोअना सेरमानले निर्देशन गरेकी हुन् ।दुई साता लामो महोत्सवमा हरेक दिन दुई शो नयाँ नाटक देखाइएको थियो । अनामनगरस्थित मण्डला थिएटरमा नियमित मञ्चन गरेपछि समापनचाहिँ बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा गरिएको थियो । महोत्सव क्रममा भारत, बंलादेश, रुस, अमेरिका, नर्वे, फ्रान्स ,स्टुनिया लगायत विभिन्न मुलुकका १३ वटा नाटक मञ्चन गरिएको थियो । उद्घाटन नाटकको रूपमा आरोहण गुरुकुलको पुरानै नाटक ‘मायादेवीको सपना’ देखाउने भनिए तापनि प्राविधिक कारण बताउँदै त्यसको सट्टामा मण्डला थिएटरको नयाँ नाटक ‘सुनकेशरी’ देखाइएको थियो ।
सम्बधित पोस्टहरु
‘पुजार सार्की’को गीत ‘रिमै’ सार्वजनिक,आर्यन र अन्जनाको सुहाएको जोडी
काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ। मङ्गलवार युट्युबमार्फत सार्वजनिक गरिएको यस गीतका दृश्यहरूले चलचित्रको थिम प्रस्तुत गरेका...
क्विन्स वर्ल्ड फिल्म फेस्टिभलमा रविन आचार्यलाई २ अवार्ड
काठमाडौँ। १३ औं संस्करणकाे क्विन्स वर्ल्ड फिल्म फेस्टिभल- २०२४ मा नेपालका सिनेमाटाेग्राफी रविन आचार्यले दुई अवार्ड हात पारेका छन्। उनले ‘राेटन ब्लड’ सिनेमाबाट स्पेसल मेन्सन (सिनेमाटाेग्राफी) अवार्ड र ‘मनु’...
‘मनसरा’को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
काठमाडौँ। बैशाखको २१ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘मनसरा’को पहिलो गीत रिलिज गरिएको छ । सोमबार इन्टरनेटमा रिलिज गीत ‘झ्यालको’मा सिनेमा मुख्य कलाकारहरुका केही दृश्यहरु समावेश गरिएका छन् । जसले...
‘दान्भी’ असार ७ मा रिलिज हुने
काठमाडौँ। जेठ १० गतेबाट पोस्टपोन्ड भएको फिल्म ‘दान्भी’को नयाँ प्रदर्शन मिति तोकिएको छ । अब यो फिल्म असारको ७ गतेबाट रिलिजमा आउने भएको छ । वितरक करण श्रेष्ठ र निर्माताहरुको छलफलपछि यो मिति तय गरिएको निर्देशक रुपेश तामाङले जानकारी...
‘माइती घर’का नायक सिपी लोहनीको निधन
काठमाडौँ । गायक तथा नायक सिपी लोहनीको निधन भएको छ । ८६ वर्षका लोहनीको सोमबार काठमाडौँको अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । निमुनिया सम्बन्धी समस्याका कारण लोहनीलाई एक...
‘दादासाहेब फाल्के चित्रनगरी (फिल्म सिटी)’ मा सत्यराज को ‘बिच्छेद’ सर्वोत्कृष्ट
काठमाडौँ। सत्यराज चौलागाई निर्देशित फिल्म ‘बिच्छेद’ले सर्वोत्कृष्ट फिचर फिल्म ‘दादासाहेब फाल्के चित्रनगरी (फिल्म सिटी) २०२४ ’ मा पुरस्कार जितेको छ । मुम्बईको वेदा कुनब थिएटर, चिन्ता टावरमा सम्पन्न उक्त कार्यक्रममा अवार्ड लिन...