
सेलिब्रेटी नेपाल। नवीन पन्तको लेखन तथा निर्देशनमा बन्ने चलचित्र ‘बाकस’ को सुटिङ्ग कास्कीको धम्पुसबाट सुरु भएको छ । चलचित्र मा विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोलाराज सापकोटा, हिउवाला गौतम, धुर्व गौतम, पुष्कर राउत, विक्रम बुढाथोकी, रोहित श्रेष्ठ, विमल यादव साथै बाल कलाकार सुपला सापकोटा, सनाज चौलागाईं, अविरल चौलागाईं, रेखा भन्डारी, सगुन खड्का लगायतको अभिनय रहने छ ।
सुजिता चौलागाई निर्माता रहेको चलचित्रमा राजन सिंह केसी र छत्र बहादुर खड्का सहनिर्माताको रुपमा रहेका छन् । फिल्ममा सिनेम्याटोग्राफी महेश पौडेलको, संगीत दिपक शर्मा र सनम पुरुष राईको,द्वन्द किरण दाहालको रहनेछ। चलचित्रको कथा बस्तुको बारेमा निर्माण टिमले केहि खुलाएको छैन। चलचित्रको नाम अनुसार बैदेशिक रोजगारीको पिडा झल्काउछ।





