
एजेन्सी । आयुष्मान खुराना र सारा अली खानको नयाँ फिल्म ‘उडता तीर’ प्रदर्शनका लागि तयार भएको छ। यतिबेला यी कलाकार फिल्मको प्रचारप्रसारमा व्यस्त छन् ।
तर यसैबीच ‘उडता तीर’ लाई नेपालले प्रतिबन्ध लगाईएको छ। नेपालको सेन्सर बोर्डले फिल्म हेरेपछि यो निर्णय लिएको हो, जसका कारण फिल्मको प्रदर्शन रोकिएको छ। यद्यपि अहिलेसम्म आधिकारिक निकायका तर्फबाट फिल्ममाथि प्रतिबन्ध लगाउनुको कारण स्पष्ट पारिएको छैन।
नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फिल्मका स्थानीय वितरक नेसनल सिने ग्रुप नेपाल प्राइभेट लिमिटेडलाई आधिकारिक पत्र लेखेर आफ्नो निर्णयको जानकारी गराएको हो। मन्त्रालयले सेन्सर बोर्डको मूल्यांकनका आधारमा फिल्मलाई सार्वजनिक रूपमा प्रदर्शन गर्ने अनुमति दिन अस्वीकार गरेको छ।
नेपालको सेन्सर बोर्डले फिल्मलाई लिएर आपत्ति जनाएपछि सरकारले यसलाई सिनेमाघरहरूमा देखाउने अनुमति नदिएको मिडिया रिपोर्टमा उल्लेख छ। यो निर्णयको पछाडि नेपालको चलचित्र सम्बन्धी कानुनको हवाला दिइएको छ। यद्यपि अधिकारीहरूले कस्तो दृश्य वा विषयवस्तुलाई लिएर यो कदम चालेका हुन् भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन।
रिपोर्ट अनुसार फिल्ममा घुमाउरो पाराले भारत र पाकिस्तानबिचको सम्बन्धको कथा देखाइएकाले नेपालमा प्रतिबन्ध लागेको हुन सक्ने अनुमान गरिएको छ, तर कारण भने खुलाइएको छैन। आकाश कौशिकको निर्देशनमा बनेको यो फिल्म भारतमा प्रदर्शनका लागि पूर्ण रूपमा तयार छ। आयुष्मान र सारा अली खानको ‘उडता तीर’ अक्टोबर २३ मा सिनेमाघरहरूमा रिलिज हुँदैछ।




