
डेनमार्क। संगीतको क्षेत्रमा नयाँ प्रस्तुति ‘मायालुले’ को आधिकारिक म्युजिक भिडियो सार्वजनिक गरिएको छ। आकाश सिग्देलको स्वर, शब्द र संगीत रहेको यस गीतमा डेनमार्क र नेपालमा कार्यरत कलाकार, संगीतकर्मी तथा प्राविधिकहरूको सहकार्य समेटिएको छ।
गीतको निर्माता कुन्ता न्यौपाने सिग्देल हुन्। डेनमार्क स्थित कोपनहेगनमा छायांकन गरिएको भिडियोमा कोपहेगनमै प्राप्त नव कलाकारहरूको साथ रहेको छ। रजनीश चौधरीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा प्रदीप्ति पोखरेल, टाइगर सुवेदी (बाबिन) र सबित काफ्लेले अभिनय गरेका छन्। भिडियोको छायाङ्कन विकल थापाले गरेका हुन् भने सम्पादन र रङ संयोजन रिषन महर्जनको रहेको छ ।
गीतमा विनोद रसाइलीको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ, वाद्यवादनतर्फ सुमन तामाङको गितार, नगेन्द्र बिक्रम राईको बाँसुरी, बोबी दियालीको भायोलिन, आशिम गुरुङको बेस गितार र गुप्ता गुरुङको ड्रम्स सुन्न सकिन्छ।
‘मायालुले’ गीतको रेकर्डिङ डेनमार्कस्थित एआरके रेकर्डिङ स्टुडियोमा गरिएको हो। स्टुडियोमा ध्वनि रेकर्डिङ तथा प्राविधिक व्यवस्थापनको जिम्मेवारी क्रिस्टियन डाल्सगार्डले सम्हालेका छन्। त्यसैगरी, गीतको संगीत उत्पादन नेपालको पोखरास्थित क्रेजी स्टुडियोमा गरिएको हो ।
शब्द र संगीतमार्फत आफ्नो सिर्जनात्मक पक्ष प्रस्तुत गरेका गायक, शब्द तथा संगीतकार आकाश सिग्देलले प्रवासमा बसेर नेपाली सांगीतिक उद्योगका लागि भएको यो प्रयास धेरैका लागि उदाहरण र प्रशंसनीय बनेको छ।





