
सेलिब्रेटी नेपाल। सकारात्मक सोच र सक्रिय जीवनशैलीको सन्देश बोकेको मोटिभेसनल गीत ‘नाच्दा आधी रोग गायब’ को भिडियो सार्वजनिक गरिएको छ। कुलबहादुर कार्कीको स्वर तथा संगीत रहेको यस गीतले नृत्य र मनोरञ्जनमार्फत मानिसलाई सक्रिय रहन तथा जीवनप्रति सकारात्मक दृष्टिकोण राख्न प्रेरित गर्ने उद्देश्य राखेको छ।
गीतमा कुलबहादुर कार्कीको शब्द तथा संगीत रहेको छ। गीतको एरेन्ज, मिक्सिङ, मास्टरिङ तथा रेकर्डिङ राकेश सोनीले गरेका हुन्। देवराज आचार्यको निर्देशनमा तयार भएको भिडियोले गीतको भाव र सन्देशलाई दृश्यात्मक रूपमा प्रस्तुत गरेको छ। मोटिभेसनल भाव समेटिएको यस गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक ऊर्जा सञ्चार गर्ने अपेक्षा गरिएको छ।
‘नाच्दा आधी रोग गायब’ शीर्षकले नै नृत्य र शारीरिक सक्रियताको महत्त्वलाई उजागर गरेको छ। मनोरञ्जनसँगै स्वस्थ र ऊर्जावान जीवनशैली अपनाउन प्रेरित गर्ने सन्देश गीतको मुख्य आकर्षण हो।





