‘जदौ’ को रोमान्टिक ‘तिमीसँग नबोली’मा मा नीति र प्रभात पाल

‘जदौ असोज ९ बाट देशब्यापी प्रदर्शनमा आउदैछ


काठमाडौं । चलचित्र ‘जदौ’ को तिमीसँग नबोली..बोलको प्रेम गीत आइतबार हाइटेक इन्टरटेन्मेन्ट युट्युव च्यानल मार्फत सार्वजनीक गरिएको छ । गीतमा नायिका नीति शाह र नायक प्रभात पाल ठकुरी रोमान्टिक भावमा प्रस्तुत भएका छन् ।

किरण गजमेर र मनिषा सुनारको स्वर,गोपाल लोहारको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतको भिडियो कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको चलचित्र ‘जदौ असोज ९ बाट देशब्यापी प्रदर्शनमा आउदैछ । अन्तरजातीय प्रेम सम्बन्धको बिषय उठान गरिएको फिल्मको स्क्रिप्ट निर्देशक लिम्बूले लेखेका हुन् । टिजर सार्वजनीकसँगै दर्शकमा थप कौतुहलता जगाएको चलचित्रमा नीति,प्रभातका साथमा मुकुन भुसाल,ऋचा शर्मा,राजश्री थापा,विनोद न्यौपाने,नरेश पौड्याल,गीता अधिकारी,खड्कबहादुर पुन,सुन्दर धिताल,सन्ध्या श्रेष्ठ,सुमित्रा देवकोटा लगायतका कलाकारले अभिनय गरेका छन् ।

सुन्दर लोकेसनमा छायांकन गरिएको यो गीत दर्शकको प्रिय बन्ने अपेक्षा निर्माता-निर्देशकको छ । श्याम तामाङका साथमा नवराज उप्रेतीको समेत छायांकन रहेको फिल्मको सहनिर्मातामा राजाराम सुवेदी,सुमीत्रा देवकोटा,दीपक पोखरेल,नारायण शास्त्री र डिल्ली पोखरेल छन् । सृजना शर्मा र मनिष शर्मा निर्माता अनि शान्ति पुडासैनी कार्यकारी निर्माता रहेको फिल्मको प्रोडक्शन हेड बिमला भण्डारी छिन् । फिल्मलाई एनजिसिएन ग्रुपले देशब्यापी रुपमा बितरण गर्दैछ ।

Copyright © 2012 - 2026 | All Right Reserved.