
काठमाडौँ। समर्पण, बन्धकी, दुनियाँ, मनले मनलाई छुन्छ लगायतका चलचित्रमा अभिनय गरेका अभिनेता वीरेन श्रेष्ठले भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारका लागि आर्थिक सहयोग गरेका छन्।
श्रेष्ठले बाढी प्रभावितको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगद एक लाख रुपैयाँ सहयोग गरेका हुन्।
प्राकृतिक विपत्तिको समयमा पीडितलाई साथ दिनु सबैको सामाजिक दायित्व भएको भन्दै उनले आफ्नो तर्फबाट सक्दो सहयोग गरेको बताएका छन्। विपत्तिमा परेका नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको उनको भनाइ छ।
चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय श्रेष्ठले अभिनयसँगै सामाजिक कार्यमा पनि आफ्नो सहभागिता जनाउँदै आएका छन्।


