
काठमाडौं। प्रेमकथानक चलचित्र ‘माया बस्छ कि क्या हो !’ को दुई नयाँ पोस्टरसँगै प्रदर्शन मिति सार्वजनीक गरिएको छ । राजु अधिकारी निर्देशीत फिल्म असोज २ गतेबाट प्रदर्शन हुने पक्का भएको हो ।
नवनायक सोनाल तामाङ र नवनायिका कस्मता निरौला फिचर पोस्टरमा युवा प्रेम जोडीको प्रेम सम्बन्ध र समर्पणको भाव झल्किएको छ । शरद अधिकारीको प्रस्तुति रहेको फिल्मको निर्माता बहादुर सिंह तामाङ हुन् । आरती अधिकारी आचार्यको कथा र मौनता श्रेष्ठको पटकथा,संवाद अनि रामप्रसाद चौधरीको सम्पादन रहेको फिल्म रबिन्द्र बरालले खिचेका हुन् । अर्जुन पोखरेलको संगीत,कमल राई र रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्म बेल्जियम,स्वीजरल्याण्ड,नेदरल्याण्डलगायतका युरोपीयन देशहरुका साथमा काठमाडौ र चित्लाङमा खिचिएको हो ।
फिल्ममा सोनाल र कस्मताका साथमा नरेन्द्र थापा,रिचा थापा,उपेन्द्र थापा,बेनी ढुंगाना,सब्बु पौडेल,हरिकृष्ण कार्की,तेजेन्द्र कँडेल,सुकचन्द्र थापा,तारा शर्मा,जेपी पाण्डे,करुणा श्रेष्ठ,रामजी राउत,खिन्नबहादुर भण्डारी (भोला),बिकुलाल बासु लगायतको अभिनय छ ।
प्रेम,सम्बन्ध र युवा पुस्ताको भावनालाई केन्द्रमा राखिएको ‘माया बस्छ कि क्या हो !’ हरेक उमेरका दर्शकले मन पराउने बिश्वास प्रस्तुतकर्ता अधिकारीको छ । दर्शकलाई प्रेमको नौलो आभाष गराउनका लागि युरोप पुगेर सुटिङ गरिएको उनले बताएका । जनपुकार मिडिया हाउसको ब्यानरमा निर्मित फिल्मको बितरण नेशनल सिने ग्रुपले गर्दैछ ।


