‘भिजायो फरिया बर्खैले…’ ल्याईन सरिता भारतीले


काठमाडौँ। गायिका, मोडल तथा सञ्चारकर्मी सरिता भारतीले आफ्नो स्वरमा नयाँ तीज गीत ‘भिजायो फरिया बर्खैले…’ को भिडियो सार्वजनिक गरेकी छन् । अविवाहित युवतीहरूको भावना, प्रेम, उमंग र तीजको सांस्कृतिक माहोललाई समेटिएको गीत सरिताको आफ्नै अफिसियल युट्युब च्यानल एसबी क्रिएसन नेपालमार्फत दर्शकमाझ ल्याइएको हो ।

तीजको मौलिक स्वादसँगै युवापुस्ताको भावनालाई प्रस्तुत गर्ने प्रयास गरिएको यस गीतका शब्द पत्रकार तथा गीतकार सुमन पण्डितले लेखेका हुन् भने गीतको लय तथा संगीत पनि पण्डितकै रहेको छ । गीतमा मदन केसीको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा गायिका सरिता भारतीसँगै ब्युटिसियन ट्यालेन्ट नेपाल सिजन–८ की विजेता चादनी श्रेष्ठ, ब्युटिसियन स्मृति सुब्बा, ब्युटिसियन सोनी कारंजित, ब्युटिसियनहरू निरु श्रेष्ठ, बिना रानामगर, मनिष नेपाल तथा बाल कलाकार वामिका जयसवाललगायतको अभिनय देख्न सकिन्छ।

भिडियोलाई ओमप्रसाद प्रसाईँले छायांकन तथा सम्पादन गरेका हुन् । त्यस्तै, भिडियोमा नृत्य निर्देशक सन्दीप भुजेलको कोरियोग्राफी, बद्री थापाको फोटोग्राफी तथा डब्बु क्षेत्रीको निर्देशन रहेको छ। भिडियोले तीजको उत्सवसँगै महिला भावनालाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.