(सेलिब्रेटि नेपाल) मुम्बई
अभिनेत्री सोनाक्षी सिन्हाका पिता, बलिउड अभिनेता एवं भारतीय पूर्वमन्त्री शत्रुघन सिंन्हा नयाँ वर्ष मनाउन पत्नी पुनम र पुराना निर्माता पहलाज निहलानीसहित बुधबार अपराहृन काठमाडौं आएका छन् । निजी भ्रमणका लागि काठमाडौं आएको भन्दै सिन्हाले नेपाल आउँदा निकै आनन्द आउने बताए ।
बत्तिसपुतलीस्थित द्वारिकाज होटलमा बसी रहेका शत्रुघन बिहारबाट लोकसभा चुनावमा विजयी भएका थिए भने २००३ बाट झण्डै डेढ वर्ष केन्द्रीय सरकारको स्वाथ्यमन्त्री बने ।