निर्देशक राजबहादुर सानेको ‘गंगा रानी’मा नयाँ हिरोको इन्ट्री

सिनेमाका लागि यसअघि नै अभिनेत्री वर्षा सिवाकोटी मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेकी छन्।


काठमाडौँ। पटकथा लेखनमा राष्ट्रिय चलचित्र पुरस्कार विजेता निर्देशक राजबहादुर सानेको नयाँ सिनेमा ‘गंगा रानी’ मा मुख्य अभिनेताको रूपमा नवोदित कलाकार रोशन केसी अनुबन्धित भएका छन् ।

सिनेमाका लागि यसअघि नै अभिनेत्री वर्षा सिवाकोटी मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेकी छन्। ‘गंगा रानी’मा रोशन र वर्षाको जोडी दर्शकले पहिलोपटक ठूलो पर्दामा देख्न पाउनेछन्।

केही म्युजिक भिडियोमार्फत अभिनय यात्रा सुरु गरेका रोशन ‘गंगा रानी’लाई लिएर उत्साहित छन्। उत्कृष्ट कथा र अनुभवी टिमसँग काम गर्ने अवसर पाएकाले सिनेमामार्फत डेब्यु गर्न तयार भएको उनले बताएका छन्।

निर्देशक सानेका अनुसार अहिले अडिसनबाट प्राप्त फोटो तथा भिडियोको आधारमा थप ३ अभिनेता र ३ अभिनेत्री छनोट गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। ‘अडिसनमा आएका प्रतिभामध्ये पात्रसँग मिल्ने कलाकार छनोट गरिरहेका छौं। अन्य कलाकारको नाम पनि छिट्टै सार्वजनिक गर्नेछौं,’ निर्देशक सानेले भने।

आहा फिल्मस्को प्रस्तुतिमा निर्माण हुने ‘गंगा रानी’का निर्माता कमलप्रसाद शर्मा हुन्। साने स्वयंको लेखन तथा निर्देशन रहने सिनेमाको छायांकन आगामी भदौको दोस्रो साताबाट सुरु गर्ने तयारी गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.