जीवन शाहीको चलचित्र ‘स्त्री’ मंसिर ११ गते


काठमाडौँ। चलचित्र ‘स्त्री’ को निर्माण सम्पन्न भएसँगै प्रदर्शन मिति तय गरिएको छ । चलचित्रको निर्माणपक्षले एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । यो चलचित्रलाई मंसिरको ११ गतेबाट रिलिजमा ल्याउने घोषणा निर्माणपक्षले गरेको छ । समीर राइको निर्माणमा तयार भएको यो चलचित्रलाई जीवन शाहीले निर्देशन गरेका हुन् ।

सार्वजनिक चलचित्रको पोष्टरमा चलचित्रका अधिकांश कलाकारहरुको फरक–फरक अवतार देख्न सकिन्छ । यो चलचित्रमा दीपाश्री निरौला, प्रमोद अग्रहरि, सलोन बस्नेत, नम्रता श्रेष्ठ, रिस्ता बस्नेत र दिनेश डीसीको मुख्य भूमिका छ । सार्वजनिक पोष्टरमा कलाकारहरुको आ–आफ्नै खालको मुड देख्न सकिन्छ । पोष्टरको पृष्ठभूमीमा रातो रंग प्रयोग गरिएको छ ।

यसले, पनि चलचित्र सस्पेन्स थ्रीलर कथामा बनेको अनुमान लगाउन सकिन्छ । यो चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले नेपालमा वितरण गर्नेछन् । चलचित्रमा सुरविर पण्डित, नरेन्द्र थापा, देव सरकार, रश्मी भट्ट, अस्मिता बस्नेत, काजल कर्ण, अन्जु सुनार, रामबाबु हुमागाँई, कल्पना श्रेष्ठ, समीर लामा लगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रमा रामशरण उप्रेतीको डीओपी, बाबुल गिरीको संगीत, देव महर्जन र शंकर महर्जनको एक्सन, बन्दे प्रसादको सम्पादन, एलिस कार्कीको बीजीएम छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.