आरम्भ एल्बम सार्वजनिक ,बबिना र रामेश्वरको प्रसंसा


काठमाडौं। गीतकार रामेश्वर के.सी. का शब्द तथा गायिका एवं संगीतकार बबिना भट्टराई को एकल स्वर र संगीत रहेको पाँच विविध गीतहरूको संगालो गीति एल्बम ‘आरम्भ’ सार्वजनिक गरिएको छ।शनिबार नक्सालस्थित लिसारा रिसेप्सनमा आयोजित विशेष समारोहमा नेपाली सांगीतिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा एल्बम लोकार्पण गरिएको हो।

 

वरिष्ठ साहित्यकार वियोगी बुढाथोकी को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संगीतकार राजु सिंह, गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापा लगायतका स्रष्टा तथा कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रममा वक्ताहरूले गीतकार रामेश्वर के.सी. का शब्द र बबिना भट्टराईको गायन तथा संगीतको प्रशंसा गरेका थिए।

 

बबिना लामो समयदेखि गायिका र संगीतकारका रुपमा नेपाली सांगीतिक क्षेत्रमा सक्रिय छिन्। उनले आधुनिक ,गजल ,भजन ,लोक र बालगित गरेर थुप्रै गीतहरुमा संगीत र स्वर दिएकी छन्। कार्यक्रममा एल्बममा समावेश तीन वटा म्युजिक भिडियोसमेत प्रदर्शन गरिएको थियो। ‘आरम्भ’ एल्बममा समावेश पाँचवटै गीतका भिडियोहरू बबिना भट्टराई युटुब च्यानलमा हेर्न सकिने छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.