‘एक मुठ्ठी बादल’को नयाँ गीत ‘पल्लो घर’ सार्वजनिक


काठमाडौं। साहारा शर्माको डेब्यु निर्देशनमा निर्माण भएको फिल्म ‘एक मुठ्ठी बादल’को नयाँ गीत ‘पल्लो घर’ सार्वजनिक गरिएको छ। शुक्रबार सार्वजनिक गरिएको गीतमा श्रेया राईको शब्द, संगीत र स्वर रहेको छ।

सार्वजनिक गीतको भिडियोमा फिल्मकी मुख्य अभिनेत्री आँचल शर्मालाई प्रस्तुत गरिएको छ। घरमा विवाहको तयारी चलिरहेका बेला एक युवतीको मनमा चल्ने अनेकौँ स्मृतिलाई भिडियोमा चित्रण गरिएको छ। विशेषगरी विवाहको तयारीमा रहेकी युवतीले घरसँग जोडिएका पुराना सम्झनालाई सम्झिरहेको भाव गीतका शब्दले व्यक्त गर्छन्।
फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट र अविरलप्रताप अधिकारी लगायत कलाकारहरूको अभिनय रहेको छ।

फिल्मका निर्माता अभिमन्यु दीक्षित हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन्। निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेलको पनि सहभागिता रहेको छ।

फिल्ममा लिन्ह डान गुयेन फानको छायांकन, यशस्वी सभरवालको प्रोडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन, अग्रणी ठकुरी झाको कला निर्देशन, जानकी कडायतको भेषभूषा डिजाइन तथा कीर्ति जोशीको मेकअप रहेको छ।

फिल्ममा मर्णा जेम्सले प्रमुख सहायक निर्देशकको रूपमा काम गरेकी छिन् भने शर्मिला आले र मीरा खड्काले उनलाई सहायकका रूपमा साथ दिएका छन्।
फिल्मका अधिकांश विभागमा महिलाको नेतृत्व रहेको यस फिल्मलाई गौंथली इन्टरटेनमेन्ट र मन प्रोडक्सनले संयुक्त रूपमा निर्माण गरेका हुन्। नेपालमा फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.