‘प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल’ ४ बालबालिकाले जिते उपाधि


काठमाडौँ । एउटै स्टेजमा एकसाथ ४ विजेता छानिएका छन् । १५ औँ ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल २०२६’मा सिनियर र जुनियर केटा र केटी गरेर एकसाथ ४ विजेता छानिएका हुन् । प्रतियोगितामा जुनियर ब्वाइज निल वंशल, जुनियर गर्ल शिवाना पाण्डेले शीर्ष उपाधि जित्दा सिनियर ब्वाईजतर्फ आर्सुअंश भण्डारी र सिनियर गर्लमा आरिका उप्रेती विजेता घोषित भए ।

जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार अबेर साँझ सम्पन्न प्रतियोगितामा जुनियर ब्वाइजतर्फ विश्व झा फस्ट रनरअप, नक्स सरावगी अग्रवाल सेकेन्ड रनरअप चुनिदा सेरोन थापा थड रनरअप र सौर्य रौनियार फोर्थ रनरअप भए । सिनियर ब्वाईतर्फ सुर्यान्स श्रेष्ठले फस्ट रनरअप, चिरन गोयल सेकेन्ड रनर अप, सम्वत संसार महर्जन थड रनरअप, सुशान्त राई फोर्थ रनरअप भए ।

त्यस्तै, प्रतियोगितामा सिनियर गर्ल तर्फ अनुस्का थापा फष्ट रनर अप, अमुल्य पन्त सेकेन्ड रनर अप, यादिमा राई थर्ड रनर अप र सुहाना घिमिरे फोर्थ रनर अप चुनिदा जुनयर गर्ल तर्फ आश्री आरएल कुवँर फष्ट रनर अप, सिवान्सी थापा सेकेन्ड रनरअप, अदिश्री आचार्य थर्ड रनर अप र सेजल पाण्डे फोर्थ रनर अप बन्न सफल भए ।

राज फैजु डेढ दशकदेखि गुणस्तरीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएका छन् । जुनियरमा २५, सिनियरमा २० गरेर ४५ केटाकेटी प्रतियोगीताको फाइलनमा रहेका थिए।

मुकुन भुषाल (अभिनेता), रेनुनाथ योगी (अभिनेत्री), राजेश घिमिरे (काठमाडौं वल्र्ड स्कुल कोअडिटेटर), अमन हिताङ ( संस्थापक प्रिन्सिपल संकार गुरूकुल) , रोशनी शाही ठकुरी (बोर्ड अफ डिरेक्टर कोरोना स्कुल), आशिष थापा मगर (आएईभेन्ट म्यानेजमेन्ट निर्देशक), शिरिष आर तुलाधर (सिजी लर्निङ ब्राण्ड हेड) निर्णायक रहेको प्रतियोगतिामा ६ वर्षदेखि १३ वर्षसम्मका अध्ययनरत बालबालिकाको सहभागिता रहेको थियो । प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय फेसन कोच राज फैजु आफैँले गरेका थिए भने ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् ।

काठमाडौं वल्र्ड स्कुलको मुख्य प्रयोजक रहेको प्रतियोगीताका सबै विजेताले उपाधिको साथमा बिभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी अवसर प्राप्त गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.