ग्ल्यामरको दुनियाँमा नयाँ अनुहार


(सेलिब्रेटि नेपाल) काठमाडौँ
ग्ल्यामरको दुनियाँमा छाउने सपना अहिले धेरै यूवाहरुको बन्दै गएको छ तर सपनालाई साकार बनाउन भने धोरैले मात्र सकेका छन् । काठमाडौँमा मात्र हैन यो भन्दा बाहिरका यूवाहरुको पनि यो क्षेत्रमा धेरै नै लागाब रहेको पाईन्छ । तेस्तै मोडलिंगकै दुनियामा आफ्नो भविस्य खोज्दै छन् सुरज पन्त । ३ वर्षदेखि यो छेत्रमा मेहेनत गर्दै गरेका सुरज बुटवोल बासि हुन् । बुटवोलमै लगभग १ दर्जन भिडियोमा काम गरिसकेका सुरज अब भने काठमाडौँमा आफ्नो कला प्रस्तुत गर्न चाहन्छन् ।
Suraj-pantha
सृस्टि थापा, प्रशिम खनाल जस्ता श्रस्टाका गीतमा अभिनए गरेका पन्तको सपना चाहीं एक कुसल नायक बन्ने छ । सानै देखि चलचित्र क्षेत्रबाट मोहित भएका पन्त आफ्नो रहर र सोख पुरा गर्न यो दुनियामा आएको बताउछँन् । मोडलिंग गरेर मात्र जिबिका पालन गर्न नसकिने बताउने पन्त आफै पनि बुटवलका जागिरे हुन् । बुटवोलमै धुप्रै याडहरुमा समेत काम गरिसकेका पन्त नेपाली चलचित्र धेरैनै पछाडी रहेको बताउछन् । चलचित्रबाट धेरैनै अफर आएका भए पनि आफू अहिलेनै तेस्को लागि पोक्त नभएको र आफुले कुनै पनि अभिनय तालिमहरु नलिएकोले गर्दा अहिले सम्म कुनै पनि चलचित्रमा काम नगरेको तर राम्रो व्यानरबाट अफर आए अब चाहिँ गर्ने सोच राखेका पन्तले पछिल्लो समय काठमाडौँ आएर चर्चित गायिका अन्जु पन्तको “जवानिले खोज्न थाल्यो….” बोलको गीतमा अभिनय समेत गरेका छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.