
काठमाडौँ। लोकलयमा आधारित नयाँ नेपाली गीत ‘बडिघाटैमा’ सार्वजनिक गरिएको छ। मौलिक शब्द–संगीत र लोकभाकाको मिठास बोकेको यस गीतले ग्रामीण जीवनको झल्को र सांगीतिक स्वादलाई समेटेको छ।
गायक नरेश खाती र सरिता सुनारको स्वरमा सजिएको गीतमा शब्द तथा संगीत स्वयं नरेश खातीकै रहेको छ। गीतलाई विशाल निरौलाले एरेञ्ज गरेका हुन् भने रेकर्डिस्टको रूपमा रमेश खड्काले काम गरेका छन्। विनोद परियारले मिक्सिङ तथा मास्टरिङ सम्हालेका छन्।
अडियो तथा भिडियो ‘गोरक्ष म्युजिक’ मार्फत सार्वजनिक गरिएको यस गीतको भिडियो पक्ष पनि आकर्षक बनेको छ। नवीन घर्ती मगरको सम्पादन रहेको भिडियोमा करण चैसिर र उनको टिमले छायांकन गरेका छन्।
लोकलयप्रेमी दर्शकमाझ ‘बडिघाटैमा’ ले छोटो समयमा नै राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको निर्माण पक्षले जनाएको छ।


