फिल्म ‘लालिमा’को दोस्रो पोस्टरमा सार्वजनिक


काठमाडौं। फागुन २९ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’को दोस्रो अफिसियल पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले फिल्मकी शीर्ष नायिका रोशनी कार्कीलाई एकल फिचर्ड गरी शुक्रबार पोस्टर सार्वजनिक गरेको हो ।

रोशनी एकल फिचर्ड फस्ट लुक्स पोस्टरले दर्शकमा फिल्मप्रति कौतुहलता सिर्जना गरेकाले दोस्रो सार्वजनिक गरिएको फिल्मका निर्देशक तथा लेखक रोशन मिराजले बताए ।

दोस्रो पोस्टरमा समस्यामा जेलिएकी रोशनीलाई आत्माविश्वासी, सहनशील र शान्त देखाइएको छ । माथिल्लो शरीरमा कपडा नलगाएकी उनी झ्यालबाट कोठाभित्र छिरेको प्रकाशमा छिन् । पीडापछिको शान्त मुद्रामा उनलाई देख्न सकिन्छ । यो पोस्टरले पनि उनी यौनकर्मीको चरित्रमा रहेको संकेत गर्छ ।

पोस्टरबारे निर्देशक मिराज भन्छन्, ‘पहिलो पोस्टरले असहायता र रहस्यलाई केन्द्रमा राखेको थियो । नयाँ पोस्टरले शक्ति, आत्मविश्वास, सहनशीलता र परिवर्तनको संकेत दिन्छ। यस पोस्टरमा शीर्षक लेख्न रातो रङ प्रयोग भएको छ । पोस्टरमा नाटकीय सिनेम्याटिक प्रकाश देख्न सकिन्छ । यसले यो केवल डरको कथा मात्र होइन, जागरण र आत्मबलको कथा पनि हो सन्देश दिन्छ।’

यस फिल्मको नायक जीवन भट्टराई हुन् । उनीहरुसँगै फिल्ममा उषा रजक, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देल मुख्ष भूमिकामा छन् । फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.