दोहोरीगीत प्रतिष्ठानको राष्ट्रिय महाधिवेशन स्थगित


काठमाडौँ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौं राष्ट्रिय महाधिवेशन स्थगित भएको छ। प्रतिष्ठानले मंगलबार विज्ञप्ति जारी गर्दै फागुन १, २ र ३ गते तय ९ औं महाधिवेशन स्थगित गरिएको जानकारी दिएको हो।

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगद्वारा लागू गरिएको आचारसंहितालाई मध्यनजर गर्दै महाधिवेशन स्थगित गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ। महाधिवेशन महोत्तरी जिल्लाको बर्दिबासमा आयोजना गर्ने तयारी थियो।

प्रतिष्ठान अध्यक्ष रीता थापा मगर र महासचिव शिव हमालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आचारसंहिताका कारण फागुन १, २ र ३ गते बर्दिबासमा तय गरिएको राष्ट्रिय महाधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा जानकारी गराइन्छ।’

निर्वाचनको मिति नजिकिएकाले र आचारसंहिताले ठूला भेला तथा कार्यक्रमहरूमा प्रभाव पार्ने देखिएकाले संस्थाले यो कदम चालेको हो। दोहोरीगीत प्रतिष्ठान देशभरका लोक तथा दोहोरी कलाकारहरूको छाता संस्था हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.