
काठमाडौँ। कलाकार,निर्माता तथा वितरक करण श्रेष्ठ लोकतान्त्रिक समाजवादी पार्टी नेपालको समानुपातिक उम्मेदवार बनेका छन्। उनी आदिवासी जनजाति क्लस्टरबाट सूचीमा परेका हुन्। अभिनेता समेत रहेका श्रेष्ठले केही फिल्म निर्माण समेत गरेका छन् । उनी पछिल्लो समय रिच इन्टरटेनमेन्टबाट फिल्मको वितरणमा सक्रिय छन् । चलचित्र ओम,जन्जीर,सम्झी दिए पुग्छ,जवाफ,ह्याप्पी न्यु इएर लगाएत दर्जन बढी चलचित्रका अभिनेता समेत रहेका करण लामो समय देखि लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा सक्रिय रहेका छन्।

