आर्यन र करुणाको ‘बानी’ सार्वजनिक (भिडियो)


काठमाडौँ । नेपाली सिनेमा क्षेत्रमा चकलेटी नायकका रूपमा परिचित आर्यन सिग्देलको नयाँ म्युजिकल फिल्म ‘बानी’ सार्वजनिक गरिएको छ । अभिनय मात्र होइन, भावनात्मक अभिव्यक्तिमा केन्द्रित यो भिडियोले प्रेम, दूरी र बिछोडको कथा कलात्मक रूपमा प्रस्तुत गरेको छ । भिडियो ओएसआर डिजिटल युट्युवमार्फत सार्वजनिक गरिएको हो ।

दिनेश क्षेत्रीको शब्द, संगीत र स्वरमा तयार ‘बानी’को कन्सेप्ट पनि उनकै हो । सार्वजनिक भिडियोमा आर्यनसँगै करुणा श्रेष्ठ रोमान्टिक भावमा देखिएका छन् । भिडियोले नेपालको एक युवक र सिक्किमकी एक युवतीबीचको प्रेम सम्बन्धलाई कथावस्तु बनाएको छ, जहाँ प्रेमपछि आउने उतार–चढाव र बियोगान्त मोडले दर्शकलाई भावुक बनाउने प्रयास गरिएको छ। भिडियोमा आर्यनलाई फरक लुक्समा देख्न सकिन्छ ।

‘बानी’ को संवाद लेखन दिनेश क्षेत्री र केशव भट्टराईले गरेका छन् । आर्यन र करुणासँगै सबिन कट्टेल र सुस्मिता श्रेष्ठको अभिनयले कथालाई थप जीवन्त बनाएको छ। उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र सुब्रत आचार्यको निर्देशनमा तयार ‘बानी’लाई एउटा प्रेमकथामात्र नभई भावनात्मक म्युजिकल अनुभवका रूपमा प्रस्तुत गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.