
काठमाडौँ । कलाकार,गीतकार, गायक तथा संगीतकार प्रभाकरदेव शर्माको गीत ‘धोका’ सार्वजनिक गरिएको छ । प्रेममा असफल प्रेमीहरूमा समर्पित गर्दै यो गीत ल्याइएको बताइएको छ। सार्वजनिक गीतमा एरेन्ज सुयोग सोताङको छ ।
गीतको भिडियोमा आयुषा कार्की र सिद्धार्थ सिलवालको अभिनय छ । भिडियोमा एक साधारण परिवारको केटालाई प्रेम गरेको १० वर्षपछि प्रेमिकाले ‘गरिब’ भएको भन्दै आमाबुबाको करकापमा धोका दिएको कथा देखाइएको छ । भिडियोमा मदन थापा, सुवासचन्द्र सिलवाल र शीतल ठकुरीको पनि अभिनय छ । भिडियोको छायांकन बिशाल केसी र अनिल जिसीले गरेका हुन् भने सम्पादन दिप शेर्पाली बस्नेतले गरेका हुन्। भिडियो हिल्स होम थिएटर एण्ड प्रोडक्सन हाउसको अफिसियल च्यानल सार्वजनिक गरिएको छ।


