
काठमाडौं। फिल्म ‘घरज्वाइँ’ जस्तो सफल फिल्म निर्देशन गरेका अनिल बुढा मगरले दोस्रो फिल्म ‘मितज्यू’ वर्कसप थालेका छन्। उनले शनिबारबाट फिल्मको वर्कसप सुरु गरेका हुन्। वर्कसपमा ,तेरिया फौजा मगर,पुस्कर गुरुङ,राज थापा,सुवर्ण थापा,अनु थापा,स्मिता लामिछाने लगायत रहेका छन्। फिल्ममा कलाकारहरुले गर्ने भुमिकालाई सहज होस भन्ने हिसावले वर्कसप चलाइएको निर्देशक मगरले बताए। उनका अनुसार यो वर्कसप केहि दिनसम्म अझै चल्नेछ। फिल्मका निर्माता जनक घर्ती मगरले फिल्मका लागि कलाकारहरुलाई वर्कसपमार्फत आफ्नो भुमिका बारे थप जानकारी होस् भन्ने हेतुले चलाइएको बताए। उनका अनुसार यो फिल्म आगामी माघको पहिलो साताबाट छायांकनमा निस्किने छ।
यस फिल्ममा दयाहाङ राई,सौगात मल्ल,तेरिया फौजा मगर,पुस्कर गुरुङ, शिशिर वाङ्देल,राज थापा,सुवर्ण थापा,अनु थापा,स्मिता लामिछाने,अरुण पुन मगर,उत्तम राज पाण्डे,सविन कट्टेल,उमेश सोनाम,पवित्रा खड्का,चाहाना राना मगर,अनुशा राई,खड्क बहादुर पुन मगर(खबपु) लगायको अभिनय रहेको छ।
यस फिल्मका मुख्य सहायक निर्देशकको रुपमा फिरोज खड्काले काम गर्दैछन् भने सहायक निर्देशकमा अनिल दाहाल,सञ्जु नेपाली,एल्मिना राई रहेका छन्।
यस फिल्मको प्रोडक्सन डिजाइनरको काम किशोर नेपाल,ड्रेस डिजाइनर संगीता रोका मगर,सम्पादन लोकश बज्रचार्यले गर्दैछन् भने फिल्मको गीतमा संगीत श्रीकृष्ण बम मल्ल र प्रकाश सपुतको रहने छ। फिल्मको छायांकन शिशिर विशङखेले गर्दैछन् भने द्धन्द्ध निर्देशन प्रभात बिष्टको रहनेछ। फिल्मको बितरकमा आरआर फिल्मस रहेको छ । रोल्पाका विभिन्न स्थानमा खिचिने यो फिल्मको प्रदर्शन मिति समेत तोकिएको छ। निर्माण पक्षका अनुसार फिल्म आगामी जेठ १५ गते अर्थात गणतन्त्र दिवसको दिनबाट प्रदर्शनमा आउनेछ।


