विपिन कार्की अभिनित ‘काजी’ को फर्स्ट लुक सार्वजनिक


 

काठमाडौं। लक्ष्मण रिजालको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘काजी’ ले प्रदर्शन मिति तय गरेको छ । निर्माण टिमले आज फिल्म को फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै रिलिज डेट चैत २७ गते लाई लक गरेको हो । यो फिल्म आगामी नयाँ वर्षको बिदा भेट्नेगरी प्रदर्शनमा आउन लागेको छ ।

यो फिल्म बाट निर्देशक लक्ष्मण रिजाल ८ वर्षपछि निर्देशनमा फर्किएका हुन् । आफूले खोजेजस्तै स्क्रिप्ट पाएकाले निर्देशनमा कमब्याक गरेको उनले बताए । यसअघि उनले ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’, ‘कायरा’ लगायतका फिल्म निर्देशन गरिसकेका छन् ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्म को सार्वजनिक फर्स्ट लुक पोस्टरमा मुख्य पात्र विपिन कार्की चिटिक्क पारेर कोरेको कपाल र दारीमा गम्भीर मुद्रामा देखिएका छन् । पोस्टरमा केकी अधिकारी लाई पनि देख्न सकिन्छ । पोस्टरले फिल्म पारिवारिक लभस्टोरीमा केन्द्रित रहेको अनुमान लगाउन सकिन्छ।

फिल्म मा विपिन र केकीसँगै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी लगायतको अभिनय छ ।

प्रदीप भारद्धाजको लेखन रहेको फिल्म लाई चिन्तन राजभण्डारी ले खिचेका छन् भने गीतसंगीत कालिप्रसाद बास्कोटा ले तयार पारेका छन् । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्म को वितरण श्रीराम बालाजी फिल्म्स ले गर्दैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.