प्रिमियर शोमा ‘हर्ष’ले पायो उत्कृष्ट प्रतिक्रिया


काठमाडौं। मंसिर १२ गते भोली शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘हर्ष’को बुधबार ललितपुरस्थित लविम मलका भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियर शोमा यो सिनेमा स्वर्गिय शिव रेग्मीकी श्रीमती ज्ञानु रेग्मीसहित निर्माता, निर्देशक, लेखक, कलाकार र सञ्चारकर्मीको बाक्लो उपस्थिती रहेको थियो ।

भारतको मुम्बईका बस्दै आएकी अभिनेत्री निरुता सिंह लामो समयपछि नेपाली सिनेमाको प्रमियिर शोमा पुगेकी थिइन् । उनले एकता पौडेलको डेव्यु निर्देशकिय सिनेमा ‘हर्ष’ एकदमै राम्रो बनेको बताइन् । सिनेमाको सुरुवातमा नै आफुले स्वर्गिय निर्देशक शिव रेग्मीको तस्वीर देखेपछि आफु भावुक भएको बताउँछिन् । ‘हर्ष’ एकदमै सन्देश मुलक सिनेमा हो । यस्तो घटनाहरु हाम्रो घर परिवार र समाजमा घटेका मैले देखेकी छु । त्यसैले एक पटक यो सिनेमा सवैले हेर्नु होला ।

स्वर्गिय निर्देशक शिव रेग्मी पत्नी ज्ञानु रेग्मीले पनि ‘हर्ष’ राम्रो बनेको भन्दै भान्जी एकतालाई सफलताको शुभकामना दिइन् । १२ वर्षपछि खोला पनि फर्किन्छ भन्छन् हाम्रो परिवारमा पनि हाज त्यस्तै भएको छ । १२ वर्षपछि भान्जी एकता पौडेलले सिनेमा निर्माण तथा निर्देशन गर्ने आँट गरेकी छन् । एकदमै खुशी लागेको छ ।

‘निर्देशक शिव रेग्मी वा मेरो श्रीमानले भन्नु हुन्थयो नेपाली सिनेमा काम गर्ने मान्छे आउँदा कहिल्यै नरिसाउनु । नेपाली सिनेमा उद्योग मेरो घर हे । त्यहाँ काम गर्ने कलाकारहरु मेरो सन्तान हुन् । त्यसैले उनीहरुलाई सम्धै माया गर्नु भनेको अझै सम्झना छ । आज बिहीबार स्वर्गिय निर्देशक शिव रेग्मीको वार्षिकी पनि हो,’ उनले भनिन् ।

अभिनेता समेत रहेका व्यावसायी संजोग कोइरालाले पनि हर्ष एउटा फरक अनुभव दिने पारिवारिक सिनेमा बनेको भन्दै सवैलाई हेर्न आग्रह गरेका हुन् । अभिनेत्री वर्षा राउतले पनि प्रिमियर शोमा सिनेमा राम्रो बनेको प्रतिक्रिया पाउँदा हर्षित बनेको बताइन् ।

सिनेमाका मुख्य अभिनेता खगेन्द्र लामिछाने पनि प्रिमियर शोमा मिलेको प्रतिक्रियाले खुशी देखिन्थे । आफुले पहिलो पटक फरक खालको सिनेमा गरेकाले कस्तो होला भन्ने थियो । सवैले मन पराइदिनु भयो । खुशी लागेको छ । अव दर्शकले पनि मन पराउनु हुनेछ भन्ने विश्वास छ ।

डेव्यु निर्देशक एकता पौडेलले आफुले बच्चादेखि सिनेमा निर्माण तथा निर्देशन गर्ने सपना साकार हुँदा निकै खुशी लागेको बताइन् । ‘आज प्रिमियर शोमा सिनेमा हेर्नु भएका पाहुनाहरुले मामाको झल्को दिन सफल भएको बताउनु भएको छ । त्यसले पनि आगामी दिनमा अझै राम्रा सिनेमा निर्माण गर्नु पर्ने चुनौती समेत देखिएको छ । सिनेमाकर्मी तथा पत्रकारहरुले जस्तै दर्शकले पनि हर्ष मन पराउनु हुन्छ भन्ने अपेक्षामा छु हेरम के हुन्छ,’ निर्देशक पौडेलल भनिन् ।

सिनेमामा खगेन्द्र र वर्षासहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ ।

आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी सिनेमामा छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको सिनेमाका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.