चलचित्र ‘रोज’ को गीत ‘फूल होइन काँडा’ ले युट्युबमा १० करोड भ्यूज पायो


काठमाडौं । प्रदीप खड्का र मिरुना मगरको प्रमुख भूमिका रहेको चलचित्र ‘रोज’ को चर्चित गीत ‘फूल होइन काँडा’ ले युट्युबमा १० करोड भन्दा बढी भ्यूज पाउन सफल भएको छ ।

सात वर्षअघि ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतले सोमबार १० करोड भ्यूज पार गरेको हो। एलिस कार्कीको संगीतमा तयार गरिएको गीतमा प्रताप दास र प्रविशा अधिकारीको मधुर आवाज सुन्न सकिन्छ । गोपाल रसाइलीको एरेन्ज र राजेशकुमार श्रेष्ठको शब्दले यसलाई अझ प्रभावकारी बनाएको छ।

नीरक पौडेल निर्देशित चलचित्र ‘रोज’ को यो रोमान्टिक गीत टर्कीका आकर्षक पर्यटकीय स्थानमा गरिएको मनमोहक छायांकनका कारण पनि निकै चर्चामा रह्यो।१० करोड भ्यूजको खुसीयालीका बीच फिल्मका कलाकार तथा संगीत टिमले सामाजिक सञ्जालमार्फत दर्शकप्रति आभार व्यक्त गरेका छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.