
काठमाडौं । बिक्रम जोशीको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘बिक्रम’ को छायांकन लन्डनबाट सुरु भएको छ । फिल्मको ९० प्रतिशत छायांकन बेलायतमा र बाँकी १० प्रतिशत नेपालमा गरिने निर्माण टिमले जनाएको छ ।
फिल्म महारानी प्रोडक्सन युके, फिल्म फ्याक्ट्री युके र संस्कृति क्रिएशन्स नेपाल को संयुक्त ब्यानरमा निर्माण हुन लागेको हो । फिल्मकी निर्माता हिरल जोशी रहेकी छिन् भने एसोसिएट निर्देशकमा सुरेश न्यौपाने छन् ।
अभिनेता सलोन बस्नेत र निर्देशक बिक्रम जोशी का अलावा विदेशी कलाकार नादेशि हप्किन्स को फिल्ममा मुख्य भूमिका रहनेछ ।
केही समयअघि सार्वजनिक गरिएको फस्टलुक पोस्टरमा कलाकारको लुक्स हेर्दा फिल्म बक्सिङ खेल वा एक्सन विधामा आधारित रहेर निर्माण हुन लागेको अनुमान गरिएको छ ।
फिल्मको लेखन सागर प्याकुरेल ले गरेका हुन् । सौरभ लामा को डीओपी र ईश्वर सिन्केमाना को छायांकन रहनेछ ।


