मलिका महत फिचर्ड मिनी सिरिज ‘टिन स्पिरिट’ गीत सार्वजनिक


काठमाडौं। नायिका मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’ले आफ्नो नयाँ गीत ‘सम्पूर्ण’ सार्वजनिक गरेको छ। अपुर्भ तामाङको आवाज र शब्द रहेको यो गीतमा मनिष गुरुङको संगीत छ, जसलाई ‘जी.टु.वान डिजिटल’को अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

‘जी.टु.वान डिजिटल’को प्रस्तुति तथा योङ्ग हार्ट्स फिल्म्सको सहकार्यमा बनेको ‘टिन स्पिरिट’लाई जीवन स्वार र सुनिल गुरुङले सह-निर्देशन गरेका छन्। सिरिजको सम्पादनमा हाङ्पे, सुनिल शिवभक्ति र बिकेन कार्कीले सहकार्य गरेका छन्।

सिरिजमा मलिका महतसँगै लक्ष्य तामाङ, अनुशा बायुङ राई, सबी थापा, सुरेश राई, रोनिश सुब्बा, रिनेक्स बस्नेत, मनिका लामा, गीता श्री, संगीता थापा र प्रकाश श्रेष्ठ लगायत कलाकारहरूको अभिनय रहेको छ।

सिरिजका निर्माता असीम शाह हुन् भने कथा लेखन सुनिल गुरुङले सम्हालेका छन्। कार्यकारी निर्माता विशाल शर्मा तथा क्रिएटिभ डाइरेक्टर आसिफ शाह रहेका छन्। छायांकनको जिम्मा नकुल सुनुवारले सम्हालेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.