चितवनबाट सुरु भयो ‘राम नाम सत्य’को छायांकन


काठमाडौं। यो वर्ष प्रतिक्षाको रुपमा हेरिएको फिल्म ‘राम नाम सत्य’को छायांकन पूर्वी चितवनको रत्ननगरबाट सुरु गरिएको छ । झण्डै ८० प्रतिशत छायांकन नै चितवनमा गर्ने तयारीका साथ काम सुरु गरिएको निर्देशक माइकल चन्दले जानकारी दिए । उनका अनुसार, ४० दिन चितवनमा फिल्म खिचेर १० दिन मुस्ताङको सेड्यूलमा खिचिनेछ ।

चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले रत्ननगर जिरौनास्थित धर्मधाम कृष्ण मन्दिरबाट छायांकनको शुभारम्भ गरेका थिए । ‘राम नाम सत्य’को छायांकन चितवनमा हुँदा चितवनलाई फिल्म सिटीको रुपमा चिनाउन र पर्यटन प्रवद्र्धनमा फाइदा हुने लाइन प्रोड्यूसर राजेन्द्र आचार्यले बताए ।

यो फिल्म यही वर्षको चैत्र २७ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ । यो फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, आयुषसिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आशा पौडेल, खुशी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार, कनिज कोइराला, रवि गिरी, दिनेश डीसी लगायतका कलाकारहरुको अभिनय रहनेछ । साथै, फिल्ममा राजेन्द्र आचार्य, अर्जुन सुनार, रामेश्वर शाह, पुजन लामिछानेको विशेष भूमिका रहनेछ।

उपेन्द्र सुब्बा र स्वेता बिमली निर्माता रहेको फिल्ममा किशोर भट्ट र राजेन्द्र भट्ट कार्यकारी निर्माताको रुपमा छन् । मोती कार्की क्रियटिभ निर्माताको रुपमा रहेको फिल्ममा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन निर्देशन, अर्जुन पोखरेल, एसडी योगी, विमल गिरी र नवाज अन्सारीको संगीत छ । विजय बस्यालको पब्लिसिटी डिजाइन रहेको फिल्ममा विदुषी थापाको प्रोडक्सन डिजाइन रहेको छ ।

एक्सन, सस्पेन्स र प्रेमको जनरामा यो फिल्म निर्माण गरिनेछ । निर्देशक माइकल चन्दले यो फिल्मलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ बताउँदै आएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.