अशोक दर्जीको चलचित्र ‘मन बिनाको धन’ लाई यूनिभर्सल’ सर्टिफिकेट,सबैले हेर्न मिल्ने


काठमाडौँ। यहि शुक्रबार कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र ‘मन बिनाको धन’ लाई चलचित्र जाँच पास समितिले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ ।
सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएसँगै यो चलचित्रलाई सवै उमेर समुहका दर्शकले सजिलै हेर्न पाउनेछन् ।सेन्सरका अधिकांश कर्मचारीहरुले अशोक दर्जीको बिषयबस्तुमा निर्माण भएको ‘मन बिनाको धन’ धेरै राम्रो चलचित्र बनेको भन्दै  खुलेरै तारिफ गरे ।चलचित्रलाई  सफलताको शुभकामना समेत दिएका थिए ।
चलचित्रको ट्रेलरमा आएको सकारात्मक प्रतिक्रियाले आफुलाई ठुलो हौसला मिलेको र चलचित्रलाई पनि दर्शकले मन पराउने बिश्वास रहेको निर्देशक टंक बुढाथोकीले बताए ।चलचित्रको ट्रेलरलाई युटुबमा १० लाख बढी पटक हेरिसकिएको छ ।चलचित्रले  प्रचार सामाग्री मार्फत् दर्शकमाझ बनाएको हाइपका कारण व्यापारिक रुपमा सुखद ओपनिङ गर्ने अपेक्षा निर्माण टिमको छ ।
चलचित्र अशोक दर्जी ,सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए.आर बुढाथोकी,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,विनय अधिकारी,आर्यन पोखरेल,विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ
बाटोमा गीत गाउदै माग्दै हिनेका अशोक दर्जीलाई टंक बुढाथोकीले आफुसग राखेर ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत उनको जीवन नै परिवर्तन गरिदिएका छन । अशोक हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् ।अशोकको पेरिफेरीमा रहेर निर्माण गरिएको यस चलचित्रमा सामाजिक विषयवस्तुमा प्रस्तुत गरिएको छ ।
टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’को कथा बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्मातामा सपना शर्मा ( सपना) रहेकी छिन् । यस्तै जी.पी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन् । टिकाराम बुढाथोकी चलचित्रका क्रियटिभ निर्देशक हुन् ।
फिल्ममा टंक बुढाथोकी संगीत,सौरभ लामाको छायांकन,कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी,मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ ।चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.