परिवर्तनको संदेश बोकेको फिल्म ‘परिवर्तन’को टिजर सार्वजनिक


काठमाडौं । आगामी माघ ९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘परिवर्तन’ को टिजर सार्वजनिक गरिएको छ। छठ पर्वको अवसर पारेर निर्माण टिमले टिजर सार्वजनिक गर्दै फिल्मले बोकेको मूल उद्देश्य दर्शकसामु ल्याएको हो। राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै टिजर सार्वजनिक गरिएको हो।

देशमा जरा गाडेर बसेका भ्रष्टाचार, बेथिति, अन्याय र दमनको विरुद्ध युवाहरू उठ्नुपर्ने सन्देश टिजरमार्फत प्रस्तुत गरिएको छ। टिजरमा अभिनेता सुशील श्रेष्ठलाई एक्सन अवतारमा देख्न सकिन्छ।

टिजर रिलिज कार्यक्रममा बोल्दै निर्माता तथा कथा–लेखक दिपक शिवाकोटीले ‘परिवर्तन’ देशभक्त युवाको आवाज बोलेको फिल्म भएको बताए। ‘अबको रूपान्तरण युवाबाटै सम्भव छ। हाम्रो फिल्मले यही चेतना समाजमा जगाउने उद्देश्य बोकेको छ,’ शिवाकोटीले भने।

विजय केरुङ निर्देशित यस फिल्ममा सुशिल श्रेष्ठ, अञ्जना बराईली, करिश्मा मानन्धर, बुद्धि तामाङ, सुभाष मेचे, सरोज खनाल, हेमन्त बुढाथोकी, पुकार भट्टराई, शंकर श्रेष्ठ, गौतम तिवारी, यमनाथ खरेल, शिरु बिष्ट, आशा पौडेल,आयुषा कार्की लगायतका कलाकारको अभिनय रहेको छ।

शिवम अधिकारीको लेखनमा बनेको फिल्ममा एस.डी. योगीको संगीत, श्री श्रेष्ठको एक्सन निर्देशन, शिव ढकालको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ। फिल्मको डिस्ट्रिब्युसन आर.आर. फिल्म्स ले गर्नेछ भने डिजिटल पार्टनर ओएसआर रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.