काठमाडौँ। प्रदीप खड्का अभिनित फिल्म ‘प्रकाश’ युट्युवमा रिलिज गरिएको छ। दिनेश राउतले निर्देशन गरेको फिल्म ‘प्रकाश’ नेपालीहरुको दोश्रो ठुलो चाड तिहारको छेको पारेर ओएसआर डिजिटलको अफिसियल यु ट्युव च्यानल मार्फत रिलिज गरिएको हो।
महेन्द्र अधिकारीको लगानीमा बनेको फिल्मको छायांकन जुम्लामा गरिएको हो। विकास सुवेदीको कथामा बनेको फिल्मले एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा प्रस्तुत गरेको छ। फिल्ममा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय छ।
बिनिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत उत्तम न्यौपानेको साउन्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ।