नेपालमा पहिलोपटक हरर चलचित्र महोत्सव,१५ देशका २५ फिल्म


काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा पहिलोपटक ‘काठमाडौं हरर चलचित्र महोत्सव’ हुने भएको छ। महोत्सव आगामी अक्टोबर ३१ देखि नोभेम्बर २ (कार्तिक १४ देखि १६) सम्म कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा ‘हेलोविन डे’को अवसर पारेर आयोजना हुनेछ।

महोत्सवमा १५ देशका २५ हरर फिल्म प्रदर्शन हुने भएका छन्। आयोजकका अनुसार विश्वभरबाट प्राप्त १०० भन्दा बढी चलचित्रमध्ये गुणस्तर, मौलिकता र विषयगत विविधताको आधारमा यी फिल्महरू छनोट गरिएको हो। चलचित्रको आह्वान अन्तर्राष्ट्रिय प्लेटफर्म फिल्म फ्रीवे मार्फत गरिएको थियो।

महोत्सवमा सहभागी फिल्महरूबीच प्रतिस्पर्धा हुने छ, जसमा उत्कृष्ट फिचर चलचित्र, उत्कृष्ट लघु चलचित्र र उत्कृष्ट युवा चलचित्र गरी तीन विधामा पुरस्कार प्रदान गरिनेछ।

निर्णायक मण्डलमा फोटोग्राफर राजभाइ सुवाल, चलचित्र समीक्षक होसाम फाह्मी, र अन्तर्राष्ट्रिय कलाकार यास्मिन बुछफार रहेका छन्। आयोजकका अनुसार, यो महोत्सवको मुख्य उद्देश्य नेपालमा हरर, लोककथा, मिथक र रहस्यमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्नु हो।

नेपाली चलचित्र क्षेत्रमा हरर शैलीका फिल्महरूको संख्या न्यून भएकाले यस्तो महोत्सवले नयाँ पुस्तालाई उक्त विधातर्फ आकर्षित गर्ने र फिल्म बजारको दायरा विस्तार गर्न सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.